महिला पुरुषको बराबरी पारिश्रमिक होस्: करिना कपूर

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री करिना कपूरले पुरुष र महिला कलाकारको बराबरी पारिश्रमि हुनुपर्ने बताएकी छिन् । नयाँ चलचित्र ‘गुड न्युज’को प्रदर्शनका लागी भारतीय चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’मा पुगेकी करिनाले यस्तो बताएकी हुन् । ‘गुड न्युज’मा अभिनेता अक्षय कुमार र अभिनेत्री करिना कपूरको मुख्य भूमिका छ ।

शोमा कपिल शर्माले करिनालाई ‘तपाई एउटा फिल्ममा अभिनय गरेको कति पारिश्रमिक लिनुहुन्छ वा लिन चाहनु हुन्छ?’ भन्ने प्रश्न गरेका थिए । पारिश्रमिकको बारेमा बोल्दै करिनाले आफ्नो को­होस्ट अक्षय कुमारको जति नै पारिश्रमिक चाहिने इच्छा व्यक्त गरिन् । उनले भनिन्, ‘म अक्षयको जति नै पारिश्रमिक लिन चाहन्छु। बलिउड इन्डस्ट्रीमा बिस्तारै परिवर्तन आँउदै छ। महिलाहरु पनि फिल्म क्षेत्रमा राम्रो काम गरिरहेका छन्। त्यसैले महिला र पुरुषबीच भेदभाव गर्नुहुन्न। त्यसैले कम्तिमा अक्षयको जति पारिश्रमिक त मैले पाउनु पर्छ ।’

राज मेहता निर्दे्शित यस फिल्ममा अक्षय र करिनासँगै कायरा अडभानी, दिलजित दोसान्ज लगायतको अभिनय रहेको छ । कमेडी जनारा निर्माण भएको ‘गुड न्युज’ २७ डिसेम्बरमा रिलिज हुनेछ ।