दीपक भन्छन्– ‘देश उतैबाट चल्याछ’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्रका सफल निर्माता दीपकराज गिरीले पोष्ट गरेको एक स्टाटसले अहिले नेपाली चलचित्रक्षेत्रमा सोचनिय बनेको छ । उनले बनाएका चलचित्रले मुनाफा कमाउका छन् । एकपछि अर्को चलचित्रबाट सफल मानिएका दीपकले नै चलचित्रक्षेत्र प्रतिको दुखेकोको स्टाटस पोष्ट गर्दा धेरै चलचित्रकर्मिहरुको ध्यान केन्द्रित भएको छ ।

बिदेशी चलचित्रलाई नेपालीहलहरुले दिने स्थान र नेपाली चलचित्रलाई हेप्ने प्रबृतिबारे दीपकले लेखेका हुन् । नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो हुँदा पनि मल्टीप्लेक्सहरुले सोज बढाउन आवश्यक ठान्दैनन् । तर, विदेशी चलचित्रलाई भने आवश्यकभन्दा पनि बढी सोज दिइन्छ । एकै मितिमा ठूलो विदेशी चलचित्र प्रदर्शन हुँदा त झन् नेपाली चलचित्रले एक सोज पाउन पनि गाह्रो हुन्छ ।

गएको शुक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘दबंग ३’ले पाएको सोजप्रति ‘छ माया छपक्कै’ का निर्माता द्वय रोहित अधिकारी र दीपकराज गिरीले असन्तुष्टि व्यक्त गरेका हुन् । दीपकले आफ्नो फेसबुकमा लेखेका छन् ‘सत्य कुरा …सहि हो ….देशै उताबाट चल्या छ, हलको के कुरा….निर्माताहरू हलवाला संग डराउछन्, हलवाला बितरक संग डराउछन्, बितरक उताको खान्छन् अनि यता कराउछन् ।’ नेपाली चलचित्रलाई हलवालाले सौतेनी व्यबहार गर्ने भन्दै रोहित फेसबुकमा लेख्छन् ‘यो ‘दबंग’ भन्दा ४र५ गुणा बढी हाम्रो नेपाली फिल्म ‘छक्का पन्जा’ सिरिजहरु चलेका थिए तर सोज चाहिँ ४,५ गुणा कम थियो । नेपाली फिल्म भएर कम दिइएको थियो ।’

सलमान खानको ‘दबंग ३’ लाई प्रदर्शनको पहिलो र दोस्रो दिन नेपालका अधिकांश मल्टीप्लेक्सले सर्वाधिक सोज दिए । नेपालको सबैभन्दा ठूलो क्यूफएक्स चेनले चलचित्रलाई पहिलो दिन ८८ सोज उपलब्ध गराएको थियो ।