सिड्नीमा बिक्कीले प्रस्तुती दिने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चर्चित गायक बिक्की गुरुङले अष्ट्रेलियाको सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएका छन् । कमेरो ईभेन्ट्सको आयोजनामा कुशल व्यवस्थापक बिक्रम गुरुङको नेतृत्वमा आउदो माग १० गते अर्थात जनवरी २४ मा अष्ट्रेलियाको सिड्नीस्थित सार्क होटलमा उनले सांगितिक प्रस्तुती दिनेछन् ।

अष्ट्रेलियामा हुने यो ईभेन्टमा बिक्कीलाई डिजे शुशिलले साथ दिनेछन् । बिक्की गुरुङ्ले यसअघि पनि अष्ट्रेलिया, अमेरिकालगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । स्टेजमा ईनर्जिका साथ प्रस्तुतीदिने बिक्कीलाई लाईभमा धेरैनै रुचाईने आयोजकहरु बताउँछन् ।

थुप्रै ईभेन्ट आयोजना गरिसकेका व्यवस्थापक बिक्रमका अनुसार यो कन्सर्ट बिशेष हुनेछ । थुप्रै सांगीतिक कार्यक्रमको व्यवस्थापक रहेकाबिक्रमले बिक्की गुरुङ्गको कार्यक्रमलाई नेतृत्वगर्न पाउँदा खुसी लागेको बताए ।

बिक्कीले यसअघि पनिबिक्रम गुरुङ्को नेतृत्वका केही कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । सार्क होटलमा आयोजना हुने यो कार्यक्रममा दर्शकहरुको उल्लेखनिय उपस्थिती रहने बिश्वास लिईएको छ । आयोजक टिम कार्यक्रमलाई भब्यताका साथ सम्पन्नगर्न लागिपरिरहेको व्यवस्थापक बिक्रमले जानकारी दिएका छन् । युवापुस्ताको मनामा बस्न सफल गुरुङ्को मरीजाउ, केवल, मरीजाउ २ लगायतका गीत चर्चित छन् ।