अधवैंशे कलाकारको ‘लक्का जवान’ गीत

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

हाँस्य बिधामा आधारीत नेपाली चलचित्र ‘लक्का जवान’ चैत २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसैचलचित्रमा समावेश ‘मन त मेरो लक्का जवान’ बोलको गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक उक्त गीतमा चलचित्रका सबैजसो कलाकारले नृत्य गरेका छन् । गीतमा ज्यान बुढो भएपनि मन सधैं जवान नै रहेका शब्दहरु राखिएको छ । गीतको भिडियोमा कलाकार सलोन बस्नेत, बर्षा सिवाकोटी, प्रियंका कार्की लगायतका केहि कलाकार बाहेक अन्य सबै कलाकार अधवैंशे उमेरका छन् ।

हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेको यो चलचित्रको उक्त गीतमा बाबुल गिरीको संगीत र डिपी खनालको शब्द छ । गीतमा संगीतकार बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोमा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले नृत्य गरेका छन् ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको ‘लक्का जवान’ को सहनिर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।

कार्यक्रममा निर्देशक पौडेलले आफ्नो डेब्यु निर्देशकिय चलचित्र भएकोले एकपटक सबैले हेरेर प्रतिक्रिया दिन आग्रह गरे । उनी भन्छन् ‘हेरेर मात्र प्रतिक्रिया दिनुहोला । नराम्रो लाग्छ भने पनि सुधार्ने मौका पाउनुछु त्यसैले नहेरी भन्दा हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने दर्शकबाट अपेक्षा गरेको छु ।’