विराज र निकिताको ‘साङ्लो’ डान्स

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली चलचित्रका एक्शन अभिनेता विराज भट्ट र मिस नेपाल २०१७ निकिता चाण्डकले नृत्य गरेको भिडियो छायांकन गरिएको छ । आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘साङ्लो’को लागी यी दुई कलाकारले एक गीतमा नृत्य गरेका हुन् ।

सुरेश अधिकारीको संगीतमा तयार भएको ‘चरीले काफल टिप्यो’ बोलमा परम्परागत पहिरनमा देखिएको यो जोडी नयाँ गीतमा मोर्डन पहिरनमा देखिनेछ । अन्जु पन्त र निशान भट्टराईले आवाज दिएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरिरहेका छन् । डान्सिङ नम्बरको  गीत केही दिनमा छायांकन सकाएर गीत सार्वजनिक गरिने विराजले जनाएका छन् ।

विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ । शिवम अधिकारीको लेखनमा निर्मित चलचित्रमा सुरेश अधिकारी रराजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।