प्रहरीको बोलीले लठ्ठीए माग्ने बुढा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

हाँस्यव्यग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । बुधबार बिहान सिट बेल्ट नलगाइ कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले चिट काटेर कारबाही प्रक्रिया अगाडी बढाएको हो ।

बिहान चिट पाएका केदार दिउँसो महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पुगेका थिए । उनले आफूले गल्ती गरेकै कारण कारबाहीमा परेका प्रतिक्रिया दिएका छन् । यातायात व्यवस्था ऐनको प्रावधान अनुसार कलाकार घिमिरेलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ । चिट काटेका ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गर्दै ‘तपाइँले सिट बेल्ट लाउनु भएको रहेनछ कारबाही गर्छु है’ भनेको समेत उनले सञ्चारकर्मीसँग बताएका छन् ।

महाशाखाका पुगेका माग्ने बुढाले ट्राफिक प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद दिँदै चिट काट्ने जवानलाई भेट्ने इच्छा जनाएका थिए । उनको इच्छाअनुसार चिट काट्ने ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई माग्ने बुढाले भेटेर उनले राम्रो व्यवहार र वचन गरेको भन्दै आभार समेत व्यक्त गरे ।

कलाकार माग्ने बुढाले सबै प्रहरीले सर्वसाधारण र सर्वसाधारणले प्रहरीलाई राम्रो व्यवहार गर्नुपर्ने बताए । पछिल्लो समय गायिका आस्था राउत र महिला प्रहरी बिचको बिमानस्थलमा भएको विवादले सामाजिक सञ्जाल तातेको छ ।