वर्षा, दयाहाङ र पललाई लिएर निर्देशक लामाले ‘२ नम्बरी’ बनाउने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ‘२ नम्बरी’को निर्माण घोषणा गरिएको छ । जसलाई यसबर्ष प्रदर्शनमा भएको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । यस्तै चलचित्रमा अभिनेता दयाहाङ राई, पल शाह, अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहनेछ ।&nbsp;</p><p style="text-align: justify; ">दुई साथीको कथामा निर्माण हुने यो चलचित्रमा निर्देशक लामाकै कथा रहनेछ । चलचित्रको छायांकन माघ अन्तिम साताबाट छायांकन सुरु हुने जानकारी दिइयो । चलचित्रको प्रदर्शन भने आउँदो बर्षको जनै पूर्णिमामा गरिने बताइएको छ । रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने यो चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ ।&nbsp;</p>