टिकटक बनाउनेलाई बैंकक घुमाइने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्रको प्रमोशनकालागी बिभिन्न फण्डा अपनाइने गरिन्छ । यसैबिच आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ले प्रमोशनमा थप फाइदा पुग्ने हिसाबले दर्शकमाफ फरक फण्डा अपनाएको छ ।

चलचित्र युनिटले दर्शकले चलचित्रमा समावेश ‘चार आनाको मसला’ बोलको गीतमा टिकटक बनाएमा बैंकक घुमाउने अवसर ल्याएको छ ।  चलचित्रका निर्माता अर्जुन कुमारले प्रथम हुनेलाई बैंकक घुमाइने बताए । सबैभन्दा धेरै लाइक र भ्यूज पाएको टिकटक भिडियोमध्ये एउटालाई विजेता घोषणा गरिने बताइएको छ । यो प्रतियोगिताले चलचित्रको प्रचारप्रसारमा ठूलो सघाउ र्पुयाउने विश्वास निर्माण टिमले लिएको छ । चलचित्रको ‘चार आनाको मसला’ बोलको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

निकेश खड्का निर्देशीत चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो चलचित्रका अघिल्लो दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।

अर्जुन कुमार फिल्मस्को ब्यानरमा चलचित्र निर्माण भएको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा पहिलो पटक सहकार्य भएको थियो ।