मिसेस एण्ड मिस गुरुङ छानिने

आर्टिष्ट खबर/ माघ, काठमाडौँ ।

गएका बर्षजस्तै यस बर्षपनि मिसेस एण्ड मिस गुरुङ छानिने भएको छ । तेस्रो संस्करणको रुपमा रहेको यो प्रतियोगीता  एसके इन्टरटेनमेन्टको आयोजना हुँदैछ । प्रतियोगिताको फिनाले आउँदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघरमा  हुने बताइएको छ । गत बुधबार प्रतियोगिता अन्तर्गत् ‘ट्यालेन्ट सो’ सम्पन्न भयो । कार्यक्रममा प्रतिस्पर्धीहरुले नृत्य, अभिनय, गायन लगायत अन्य कला प्रस्तुत गरे । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज र रहनसहन उजागर तथा प्रवर्धनका लागि विवाहित तथा अविवाहित गुरुङसेनीहरुबीच प्रतियोगिता गराउन लागेको आयोजकले बताए । प्रतियोगिताको शीर्ष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा पनि सहभागिता जनाउन पाउने आयोजक शान्त तामाङको दाबी छ ।

फिनालेका लागि चयन भएका प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण दिँइदै छ । सञ्चार दक्षता, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने लगायत व्यक्तित्व विकासका लागि आवश्यक कक्षाहरु सञ्चालित रहेको तामाङले बताए । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइएको छ ।