काठमाडौँ । मंसिरको पहिलो साताबाट छायांकनमा जान लागेको फिल्म ‘एक्का तीन’मा नायक सुशील श्रेष्ठको प्रवेश भएको छ । फिल्मको निर्माणपक्ष र सुशीलविच कागजी संझौता भइसकेको छ ।
हाल, ‘साम्राज्य’ फिल्मको छायांकनमा रहेका सुशीलले मंसिरको पहिलो साताबाट यो फिल्मलाई समय दिनेछन् । नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको छवि बनाएका सुशीलको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका पूजा शर्मा र कविता नेपाली फाइनल भइसकेका छन् । यी दुई नायिकाले पनि फिल्म क्षेत्रका एक्सनमा आफ्नो छवि बनाइसकेका छन् । यसैले, तीन कलाकारहरुको लाइनअपले फिल्ममा बलियो एक्सन रहने कुरामा दुइमत छैन ।
सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन् । फिल्मलाई जुना फिल्मस्ले निर्माण गर्दैछ । फिल्ममा सुशीलको जोडीको रुपमा पूजा र पुष्पमा कसले काम गर्न लागेका हुन् भन्ने बिषयमा केही पनि खुलाइएको छैन ।




१७ कार्तिक २०८३, सोमबार ११:४९ 








