धिरज लुम्बिनी विकास कोषको सद्भावना दूत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गौतम बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भन्ने भारतको दाबी बिरुद्ध गायक राई लामो समयदेखि अभियान चलाउँदै आएका गायक धिरज राई लुम्बिनी विकास कोषको सद्भावना दूतमा नियुक्त भएका छन् । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले राईलाई लुम्बिनी विकास कोषको सद्भावना दूतमा नियुक्त गरेको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">अभियान अन्तरगत उनले विश्वका दुई दर्जनभन्दा धेरै देशमा कार्यक्रम गरिसकेका छन् । नेपालमा पनि धिरजले अभियान अन्तरगत थुप्रै कार्यक्रम गरिसकेका छन् । धिरजले लुम्बिनी विकास कोषले जिम्मेवारी दिएसँगै जिम्मेवारी बढेको बताएका छन् । साथै उनले अझै धेरै कार्यक्रम र अभियान चलाउनु पर्ने बताए ।&nbsp;</p><p style="text-align: justify; ">भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर पाठ्य पुस्तकमै उल्लेख गरेपछि त्यसलाई हटाउन लागि परेका धिरज अहिले नेपालका नोट (पैसा) र राहदानीमा बुद्धको तस्बिर राख्नु पर्ने माग गर्दै आएका छन् । बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै उनले विमानस्थलमा होर्डिङबोर्ड राख्ने, फेवातालका डुङ्गामा बुद्ध वाज वोर्न इन नेपाल लेखेको स्टिकर टाँस्ने अभियान चलाइसकेका छन् ।&nbsp;</p>