रेखाको फिल्म अघिनै गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify;">अभिनेत्री रेखा थापाको नयाँ चलचित्र बनाउने चर्चा चल्न थालेको धेरै भयो । केहिसमय अघि एक चलचित्र निर्माण गर्ने लगभग पक्का पक्की भएको थियो । जुन चलचित्रमा रेखासँगै सौगात मल्ल र दयाहाङ राईको मुख्य भूमिका रहने बताइएको छ ।<br></p><p style="text-align: justify; ">नाम नखुलाइएको उक्त चलचित्रका लागी छायांकन सुरु नहुँदै गीत रेकर्ड गराइएको छ ।&nbsp; गीतमा स्मिता दाहाल र प्रताप दासले स्वर दिएका छन् । उक्त गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ। त्यस्तै एरेञ्ज उदयराज पौडेलले गरेका हुन् ।</p><p style="text-align: justify;">गायिका स्मिताको ‘मायालु तिमी कता छौं’ र ‘कल्लाई था छैन’ बोलका गीतहरुले चर्चा पाए। ‘मायालु तिमी कता छौ?’ बोलको गीत सुनेरै रेखा थापा तथा गीतकार बसन्त सापकोटाले स्मितालाई आगामी प्रोजेक्टमा आवद्ध गराएको बताइएको छ । सविर श्रेष्ठको निर्देशन रहने उक्त चलचित्र आउँदो बैशाखबाट छायांकन गरिने बताइएको छ ।&nbsp;</p>