‘बागी ३’को बम्पर ओपनिङ, तर बक्सअफिसमा असफल ?

मुम्बई (एजेन्सी) ।

गएको शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘बागी ३’ ले बम्पर ओपनिङ गरेको छ। अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर मुख्य भूमिकामा रहेका यस चलचित्रले ओपनिङमा १७ करोड ५० लाखको कमाई गरेको छ । बक्सअपिसमा यो कलेक्सन गरेसँगै ‘बागी ३’ को पहिलो दिनको कमाईलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ । त्यस्तै यो बाहेक यस बर्षको अन्य चलचित्रको ओपनिङ हेर्ने हो भने अजय देवगनको ‘तान्हाजी’ ले १५ करोड १० लाख, ‘लभ आज कल’ ले १२ करोड ४० लाख, ‘स्ट्रीट डान्सर थ्री डी’ ले १० करोड २६ लाख र ‘शुभ मंगल ज्यादा सावधान’ ले ९ करोड ५५ लाख कलेक्सन गरेको थियो । यस बर्ष प्रर्दशनमा आएका सबै चलचित्रलाई पछि पारेको यस चलचित्रलाई दर्शक ले खुब रुचाएका छन् । दुईदिनको बक्सअपिस कलेक्सनलाई निहाल्दा चलचित्रले ३५ करोड माथीको ब्यापार गरिसकेको छ ।

संसारभर ५ हजार ५ सय स्क्रिनबाट प्रर्दशन भएको 'बागी ३’मा टाइगर श्राफको दमदार एक्सन रहेको छ। चलचित्रलाई टाइगर श्राफको करिअरको सबैभन्दा ठूलो प्रर्दशनी मानिए तापनि ब्यापार एनालिस्ट्सको भनाई अनुसार चलचित्रले बक्सअफिसमा बम्पर कमाई गर्न असफल भएको छ। अहिले महामारीको रुपमा फैलिएको कोरोनो भाइरसका कारण दर्शकमा उत्पन्न त्रासका कारण चलचित्रले भनेजस्तो ब्यापार गर्न नसकेको एनालिस्ट्सको भनाई छ। चलचित्रको पहिलो दिनको कमाई २० करोडभन्दा माथि कमाउने अनुमान गरिएको थियो । अहमद खानले निर्देशन गरेको चलचित्रमा टाइगर र श्रद्धासँगै अंकिता लोखण्डे, आशुतोष राणा, रितेश देशमुख, सतीश कौशकि,चंकी पाण्डे, नोरा फतेही लगायत कलाकारको अभिनय छ ।