राजविराज जेसीजको होली समारोह

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै भिडभाड नगर्न र घरमै होली खेल्न अपिल गरेसँगै यसबर्षको होली सान्तपूर्वक मनाइयो ।  गएका बर्षमा देखिने उल्लास यसबर्ष निकै कम देखियो । यसैबिच राजविराज जेसीजले होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जेसीज भवनमा अबिरको टिका लगाएर होली कार्यक्रम गरेको हो ।

राजविराज जेसजका पूर्व अध्यक्षहरु मनोहर पोखरेल र सन्तोष सिन्हाले सहभागीहरुलाई अबिरको टिका लगाएपछि सहभागीहरुले पालैपालो एकआपसमा अबिर लगाएर शुभकामना आदाप्रदान गरे । राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षतामा भएको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले विकासका लागि युवाहरुमा सकारात्मक सोचको आवश्यकता रहेको बताउनु भयो । होलीमा सबैबीच एकता र सदभावको सन्देश पु¥याउन जेसीजका सदस्यहरुले  महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने वक्ताहरुको भनाई थियो ।

कोरोना भाइरसको संक्रमण त्रासका कारण सप्तरीमा संस्थागत रुपमा आयोजना हुने अधिकांश होली कार्यक्रम स्थगन भएको छ । व्यक्तिगत रुपमा मनाइएको यो पटकको होलीमा विगत जस्तो उल्लास देखिएन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सूचना जारी गरेर धेरै ठूलो समूहमा जम्मा भएर होली नखेल्न आग्रहसमेत गरेको छ ।