रोकियो ‘सक्किगोनी’को प्रसारण

आर्टिष्ट खबर/चैत,काठमाडौं।

चर्चित हाँस्यव्यांग्य टेलिसिरियल 'सक्किगोनी'को प्रसारण  स्थगित गरिएको छ। विश्वभरी फैलिरहेको कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको 'लक डाउन'को अनुरोधलाई स्विकार गर्दै अर्को सुचना नआएसम्म नियमित रुपमा प्रशारण हदैँ आएको 'सक्किगोनी' कार्यक्रम हाललाई स्थगित गरेको निर्माता तथा कलाकार कुमार कट्टेलले जानकारी दिए। यतिबेला 'सक्किगोनी' परिवार भाइरसको संक्रमण हुने डरले सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

'सक्किगोनी'को नियमित दर्शकहरुलाई 'सक्किगोनी' परिवारले केही समय कार्यक्रम स्थगित हुन गएकोमा क्षमा ब्यक्त गरेका छन्। यसैबीच कुमार कट्टेलले आफ्नो फेसबुकमा लेखेका छन् 'यो अवस्थामा  मानव स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पुर्ण आदरणीय दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहनुहुन अनुरोध गर्दै सु-स्वास्थ्यको कामना गर्दछौं । परिस्थिति सामान्यपछि पुनः नियमित रुपमा फेरी हामी आदरणीय दर्शकहरुबीच सक्किगोनी लिएर आउँनेछौँ।'