‘ओ कोरोना विन्ती छ‘,धर्तीबाट विदा लेउ’: गीतकार उपाध्याय (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्व स्वास्थ्य सङ्गठनले महामारी’ घोषणा गरिसकेको कोरोना भाइरस कोभिड १९ ले यतिबेला विश्वनै आतंकित बनाइरहेको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म पाँचजना व्यक्ति संक्रमित देखिएसँगै नेपाल सरकारले देशमा ‘ चैत ११ देखि चैत २५ सम्म निरन्तर लकडाउन गरेको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्नेमा यतिबेला विश्वकै ध्यान खिचिएको छ । त्यसैगरी नेपाल सरकारले पनि चलचित्र हलहरु रंगशालाहरु लगायत अन्य मनोरञ्जनस्थलहरु बैशाख १८ गतेसम्मका लागी बन्द गरेको छ । सरकारले भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषको पनि ब्यवस्था गरेको छ । जसमा नायिका वर्षा सिवाकोटी लगायतका अन्य सहयोगी मनहरुले आफूले गर्न सक्ने सहयोग गरिरहेका छन्।

यो संकटकालमा संक्रमणबाट बच्न विभिन्न उपायको खोजि भइरहेको अवस्थामा गायक स्रष्टाहरुले गीत सङ्गीतमार्फत कोरोना सम्बन्धि चेतनामूलक सन्देशहरु दिइरहेका छन् । यसैबीच विश्व कीर्तिमानी गीतकार डा.डी आर उपाध्यायले ‘ओ कोरोना विन्ती छ, अब यो धर्तीबाट विदा लेउ‘’ बोलको गीत रचना गरेका छन् । उनले चेतनामूलक गीत सार्वजनिक गर्दै कोरोनालाई विदा लिन गीतमार्फत आग्रह गरेका छन् । राज सागरको स्वर र सङ्गीत रहेको गीतमा दीप घतानीको मिक्सिङ, माष्टरिङ रहेको छ । भ्वाइस अफ नेपालमा रेकर्डिङ गरिएको यस गीत  संक्रमणबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको उपाध्यायले बताएका छन् ।

अहिले बिश्वभर फैलिरहेको कोरोना भाइरसबाट बच्ने सचेतमुलक गीत एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । यसअघि अम्बिका गुरुङको शब्द रचनामा ‘लौ आयो के आयो’ बोलको चेतनामूलक सन्देश भरीएको गीत सार्वजनिक भएको थियो ।

song: