‘कोरोना रोक्ने बजेट सेलिब्रेटीले जुटाउने हो र?’: रेखा थापा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यतिबेला विश्वभरीनै कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिरहेको छ । (कोभिड–१९)जोखिम हुन नदिन नेपाल सरकारले देशमा ‘ चैत ११ देखि चैत २५ सम्म निरन्तर लकडाउन गरेको छ। यसैबीच  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरु यतिबेला चपेटामा परेका छन् । मजदुरहरुलाई सरकारको तर्फबाट १३ केजी खाद्यान्न घरमै पुर्‍याउन घोषणा गरिएको छ। विभिन्न संघ-संस्था तथा व्यक्तिगत रुपमा मजदुरहरुलाई धेरैले सहयोग गरिरहेका छन्। सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा लोकगायक बद्री पंगेनी, वर्षा सिवाकोटी लगायत अन्य कलाकारहरुले पनि सहयोग गरिरहेका छन् । र सबैमा सहयोगको अपिल गरिरहेका छन् ।

यसैबीच विभिन्न मिडियाहरुले यतिबेला मौन बसेका सेलिब्रेटीले कोरोना रोकथामका लागि सरकारलाई सहयोग नगरेको भन्ने बिषयमा समाचार सम्प्रेशण गरिरहेका छन् । यधपि उक्त मिडियाहरुले नै यो सेलिब्रेटीले सरकारले गठन गरेको राहत कोषमा यति सहयोग गरेको भन्दै समाचार पनि लेखिरहेका छन् । सँगै अन्य चर्चित कलाकारहरु यो महामारीको अवस्थामा चुप लागेर बसेको , वेवास्था गरेको बिषयलाई आधार बनाए समाचार सम्प्रेशण गरेका हुन् । यसैबीच चर्चित अभिनेत्री करिश्मा मानन्धरले सरकारलाई सहयोग नगेको भन्दै केही समाचारहरु अलोचित रुपमा प्रशारण भएको बिषयमा आक्रोस ब्यक्ति गरेकी छिन्। उनले फेसबुकमार्फत समस्याको समाधान कलाकारले मात्रै गर्नुपर्ने हो र? भन्दै स्टाटस समेत पोष्ट गरेकी थिइन्। यसैबीच अहिले अर्की अभिनेत्री तथा निर्मात्री रेखा थापा सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो? भन्दै अघि सरेकी छिन्। उनले प्रश्न उठाउँदै करिश्माको आक्रोशित स्टाटसमा ‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो?' भन्दै कमेन्ट गरेकी हुन्। यो बिषयले अहिले सामाजिक संजाल निकै तातेका छन्। करिश्माको स्टाटस र रेखाको कमेन्टले बिभिन्न अलोचना खप्नु परेको छ भने कतिपयले उनीहरुको कुरामा सहमती जनाएका छन् ।