केदार घिमिरेको आज जन्मदिन, कति वर्ष लागे?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चर्चित हास्यकलाकार केदार घिमिरेको आज चैत २८ गते जन्मदिन परेको छ। हास्यटेलिफिल्म 'मेरी बाँस्सै'मा माग्ने बुढा नामबाट चर्चित उनले आज ४६ औं जन्मदिन मनाउदैछन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको आइरो लागेको छ। दिपकराज गिरी, सुरक्षा पन्तलगायत अन्य थुप्रै कलकाकार, उनका आफन्त तथा शुभचिन्तकहरुले उनलाई शुभकामना दिइरहेका छन्।

२०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका केदारले २०५८ सालदेखि कलाकारिता शुरु गरेका थिए । उनले पछिल्लो समय चलचित्र मार्फत पनि निकै चर्चा पाइरहेका छन्। दिनेश डिसी निर्देशित '६ एकान ६' बाट उनी चलचित्र क्षेत्रमा लागेका हुन्। हास्यकलाकार तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको टिमले निर्माण गरेको चलचित्र 'छक्का पन्जा' सिरिजमा पनि उनको अभिनयलाई खुब रुचाइएको छ। केही बर्ष पहिलै 'मेरी बाँस्सै' छाडेका केदार आजसम्म पनि माग्ने बुढा नामले दर्शकमाझ निकै चर्चित छन्।