रामायण-महाभारतको क्रेज उस्तै

मुम्बई/(एजेन्सी)

भारतमा कोरोना भाइरसका कारण नियमित रुपमा प्रसारण हुने सिरियल रोकिएपछि पुराना सिरियल पुनः प्रसारण हुदै आएको छ।  ‘रामायण’ र ‘महाभारत’ जस्ता पुराना सिरियल पुनः प्रसारण गर्दा यसले अहिलेपनि गजबको स्थान पाएको छ। पहिलोपटक सन् १९८७ मा प्रसारण भएको रामानन्द सागरको रामायण त्यतिबेला पनि निकै चर्चित थियो । रामायण महाभारत पूरै विश्वभरि एकसाथ करिब १० करोड मानिसले हेर्थे। नेपालमा पनि ती धारावाहिक हेर्नेको क्रेज उस्तै थियो। टीभीमा रामायणको धुन बज्नासाथ मानिसहरू टीभीलाई ढोग्थे र रामायण हेर्न शुरु गर्थे । पुनः प्रसारण हुँदा यसको पुरानो क्रेज पुनः फर्किएको छ।

दूरदर्शन च्यानलमा  ‘रामायण’ र ‘महाभारत’ जस्ता पुराना पारिवारिक सिरियल पुनः प्रसारण भएपछि यो च्यानल अन्य च्यानललाई पछि पार्दै भारतको नम्बर एक च्यानल साबित भएको छ । बीएआरसी अर्थात ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलको रिपोर्ट अनुसार यो वर्षको १३औं साताको रिपोर्टमा दूरदर्शन च्यानल १५ लाख ९६ हजार ९ सय २३ अर्थात अन्य च्यानललाई पछि पार्दै पहिलो स्थानमा रहेको छ। एक सातामा दूरदर्शनको दर्शक ६ सय ५० प्रतिशतले बढेको च्यानलले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत जानकारी दिएको छ । १२औं सातामा च्यानलको दर्शक २६.७ करोड रहेकोमा १३औं सातामा यो दुई अर्ब १० करोड पुगेको बताइएको छ। बिहान र साँझ यो च्यानलको दर्शकमा ४० हजार प्रतिशतले वृद्धि भएको देखिएको छ। लकडाउनमा पुराना सिरियल पुनः प्रसारणको फैसला दूरदर्शनका लागि फाइदाजनक बनेको छ।