आँचल-उदीपले गरे एक सय घरलाई राहत वितरण

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेपाल पनि लामो समयदेखि लकडाउनमा छ। दिनदिनै मानिसहरुमा संक्रमण देखिन थालेपछि यसको रोकथाम तथा नियन्त्रण गर्न थप  ‘लकडाउन’ लम्ब्याउने सरकारको तयारी रहेको छ। यो अप्ठ्यारो स्थितिले दिनहु ज्याला मजदुरी गरेर खाने वर्गहरु निकै मारमा परेका छन्। सोही कुरालाई ध्यानमा राख्दै नव बिवाहित आँचल शर्माले राहत वितरण गरेकी छन्। लकडाउनका कारण समस्यामा परेकाहरुलाई उनले उदीप श्रेष्ठको साथमा काठमाडौंको क्षेत्रपाटीस्थित एक सय घरमा राहत वितरण गरेकी हुन् ।

आँचलबाहेक अन्य कलाकारहरुले पनि मारमा परेका मानिसहरुलाई राहत वितरण गरिरहेका छन्। बिषेशगरी  कलाकारहरुले चलचित्र प्राविधिकहरुलाई सहयोग स्वरुप राहत वितरण गरिरहेका छन् । यसअघि अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतले प्राविधिकहरुलाई घरघरै पुगी राहत वितरण गरेका थिए । त्यसैगरी अभिनेत्री  वर्षा सिवाकोटीले दिनहु ज्याला मजदुरी गरेर खाने वर्गहरुकालागि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेकी थिइन् । त्यसतै हाँस्यकलाकार किरण केसी, मसिचमान श्रेष्ठ लगायत अन्यले पनि आफूहरुले सकेको सहयोग गरिरहेका छन् ।