”सक्किगोनी’ धेरै मिस गरेकी छु’ मुन्नी

काठमाडौं,असार ।

नेपालको चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ लकडाउन आह्वान भएको केहिसमयमै नयाँ श्रृंखलाको प्रसारण बन्द भयो। बिशेषगरी छायांकनका लागी करिब २५ जना भन्दा बढी टिम हप्तै पिच्छे खटिनुपर्ने भएकाले सिरियलको केहिसमयका लागी छायांकन बन्द गरियो। अहिले टेलिभिजनमा पुरानै श्रृंखलाहरु प्रसारण भइरहेका छन्।

यतिबेला यो टेलिसिरियलका कलाकारहरु निकै फुर्सदमा छन् । छायांकन बन्द भएको तीनमहिना हुँदा सम्म सिरियलको छायांकन सुरु गर्ने मेसो देखिएको छैन । भाग २७ पछि रोकिएको छायांकनमा जानका लागी कलाकारहरु आतुर देखिएका छन्। ‘सक्किगोनी’मा पछिल्लो समय ‘इन्ट्री’ भएकी कलाकार पर्दामा मुन्नी नामले परिचित प्रियाना आचार्यले सिरियललाई मिस गरेको जनाउनु भएको छ । सामाजिक सञ्जालमा सक्रिए प्रियानाले फेसबुकमा ‘आई मिस माई सक्किगोनी फेमिली’ लेख्दै छायांकनका पुराना तस्बिर सार्वजनिक गर्नुभएको छ । जसमा सिरियलको सम्पुर्ण टिमलाई देख्न सकिन्छ । केहि समयत अघि सिरियलका अन्य कलाकारहरुले पनि छायांकनका तस्बिर पोष्ट गर्दै सिरियलको नयाँ भागको छायांकनको लागी आतुर रहेको जनाएका थिए। पछिल्लो केहि भाग यता सिरियलमा आएकी प्रियानाको लोकप्रियता पछिल्लो समय निकै छ। बिशेषगरी मधेश मुलको छोरी भएर सिरियलमा भुमिका निभाएकी प्रियानाको अभिनय सँगै सुन्दरताको तारिफ हुने गरेको छ। सिरियलको कथामा गाउँका बले (सागर लम्साल), कक्रोज (हरि निरौला), जिग्री (कुमार कट्टेल) पछि–पछि लागेका हुन्छन् ।

सिरियल निर्माण टिमले प्रियानाको आगमन सँगै दर्शकको राम्रो प्रतिक्रियासँगै उनको अभिनयलाई निरन्तरता दिएको थियो । सिरियल टिमको एक सदस्यसँग बुझ्दा केहि समयमै सक्किगोनी टिम छायांकनमा जाने तयारीमा छ । तर काभ्रेको एक गाउँमा छायांकन हुने भएकाले गाउँघरमा अझैपनि कोरोनाको डर भएकाले छायांकनमा जाने कि नजाने भन्ने दोदारमा रहेको छ । त्यसोत सरकारले औपचारिक रुपमा सिरियल, चलचित्र, म्युजीक भिडियो छायांकनको अनुमति दिएको छ । यसोभनिरहँदा अन्य म्युजीक भिडियोका कलाकारहरु भने धमाधम छायांकनमा ब्यस्त देखिएका छन् । ‘सक्किगोनी’का लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले यो बिषयमा अनौपचारिक ‘मिटिङ’पनि गरिसकेको बुझिएको छ। यतिबेला कुमार कट्टेल (जिग्री) धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमै ब्यस्त देखिन्छन् । अन्य कलाकारहरु भने पुरै फुर्सदमा छन् । यस्तै टेलिभिजनका अन्य लोकप्रिय सिरियलहरु भने प्रसारण हुन थालेका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका मेरी बास्सै, भद्रगोल, हल्का रमाइलो लगायतका सिरियलहरुको नयाँ भाग प्रसारण सुरु भइसकेको छ ।

यो समाचार आजको हिमालय टाईम्समा प्रकाशित छ