जापानमा नेपाली कलाकारहरु एकजुट हुदै, प्रवासी कलाकार संघ जापान गठन

...

japan artistsपुस १७, जापान । वैदेशिक रोजगारी एवंम् अध्ययनका लागि जापानमा पुगेका नेपाली कलाकारहरु एकजुट भएका छन् । डिसेम्बर ३१ तारिख बिहिबार जापानको कोकुरामा भएको भेलाले हिमाल जि।सीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै प्रवासी कलाकार संघ जापान गठन गरेको छ ।

संघको उपाध्यक्षमा बिशाल क्षेत्री, विकास लम्साल रहेका छन् , त्यस्तै सचिवमा पुरूषोत्तम सिग्देल, सह सचिव दिलेन्द्र जोशी रहेका छन् भने कोषाध्यक्षमा माधब सिग्देल, सहकोषाध्यक्षमा श्रीधर पन्थी रहेका छन् ।

सदस्यहरुमा क्रमशः प्रकाश क्षेत्री ,सन्जय सापकोटा ,मधु न्यौपाने , गोबिन्द पाण्डे ,प्रकाश कंडेल कृष्ण खरेल , प्रमोद पराजुली ,त्रिबिक्रम कोइराला (मिडिया संयोजक) रहेका छन् । त्यस्तै संरक्षक बद्री पौडेल ,सल्लाहकारहरुमा भरत गौतम ,शुशिल पौडेल रहेका छन्। जापानमा छरिएर रहेका कलाकारहरुको हक, हित र अधिकारका लागि एकजुट भएर नेपाली कला संस्कृतिको विकास गर्ने उद्देश्यले यो संघको स्थापना गरेको सचिव पुरूषोत्तम सिग्देलले बताए ।

सिग्देलका अनुसार नेपाली कलासंस्कृतिलाई अन्तराष्ट्रियकरण गर्न यो संघले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस्तै प्रवासी नेपाली कलाकार संघको गठन पश्चात् अब आउने समयमा नेपाली कलासंस्कृतिलाई अन्तराष्ट्रियमा पुग्ने बिभिन्न कार्यक्रम गर्ने योजना रहेको सचिव पुरूषोत्तम सिग्देल ले बताए ।

आगामि दिनमा जापानमा रहेका कला क्षेत्रलाइ मायाँ गर्ने सबैलाइ समेटेर जाने जानकारी नब गठित संघका अध्यक्ष हिमाल जि.सीले गराएका छन् ।

-बिक्रम कोइराला बाट