बुबा गुमाउनुको पिडा भिडियोमा, तीन कलाकारको यथार्थ घटना

गोपिकृष्ण चापागाईं / साउन, काठमाडौं ।

गायक तथा संगीतकार डि.आर. सुजनले आफ्नो बोली नफुट्दै आफ्नो बुबा गुमाउनु प¥यो । तीन दाजुभाई मध्ये माइलो रहनुभएका सुजनले आफ्नो बुबाको माया कस्तो हुन्छ अनुभव गर्न नपाउँदा अझैपनि त्यो कुराले मन रोएको बताउनु हुन्छ ।

समय समयमा बुबाको याद आइरहँदा डायरीमा लेखेका शब्दलाई आज भन्दा तीनबर्ष अगाडी तयार पारिसक्नु भएको थियो । आफ्नो जीवनमा भोगेको घरको कथालाई गीतमा उतार्छु भनेर तीनबर्ष अघिनै गीत रेकर्ड गर्नुभयो । त्यो पनि एकदर्जन गायकको स्वरमा ।

‘गीत सुनाउँदै जाँदा कतिपय गायक साथीभाईहरुको जीवनमा पनि यस्तै परेको र मैले पनि एक टुक्का गाउँछु भन्नु भयो । त्यो गर्दा कतिपय साथीहरु लाई छुटाउन सकिएन । पछि अग्रह कलाकारको पनि आवाज राख्नुपर्छ भन्ने लाग्यो र म सहित १२ जनाको स्वर राखेका छौं ।’ सुजनले हिमालय टाइम्ससँग भन्नु भयो । ‘पुरुस्वत्तम न्यौपाने, पशुपति शर्मा, खुमन अधिकारी लगायतको स्वर राखेको छु ।’

सुजनले भिडियोमा आफ्नो दाजु र भाईको रुपमा दिवाकर भण्डारी र लेखान्त भुसाललाई भिडियोमा उतार्नुभएको छ ।  भिडियोको निर्देशन पनि आँफै गर्नुभएको सुजनले भिडियो निर्माणको क्रममा धेरै पटक आँशु झरेको बताउनु भयो । सुजन भन्नुहुन्छ, ‘यसभन्दा अघि धेरै भिडियोको काम गरेँ तर यो भिडियो आफ्नै जीवनको घटना भएकाले होला, काम गर्दा धेरै पटक आँशु झ¥यो ।’

‘यसभन्दा अघि धेरै भिडियोको काम गरेँ तर यो भिडियो आफ्नै जीवनको घटना भएकाले होला, काम गर्दा धेरै पटक आँशु झ¥यो ।’— डि.आर. सुजन

भिडियोमा अभिनय गर्नुभएका दिवाकार र लेखान्तले पनि गीतले देखाए जस्तै जीवनमा दुख परेको बताउनु भयो । उहाँहरुले पनि आफू सानो छँदा बुवा गुमाएको सुनाउनु भयो । दिवाकर भन्नुहुन्छ, ‘मेरो बुबाबा ११ जना सन्तान हुनुहुन्थ्यो । सन्तानलाई पढाउने, ठुलो बनाउने समयमा छाडेर जानुभयो । त्यो समयमा हामीलाई कति दुख भयो, आमाले कति दुख गर्नुप¥यो । अहिले सम्झँदा डाको छाडेर रुन मन लाग्छ । सुजन सरले बनाएको गीतमा अभिनय गर्न पाएँ । धन्यवाद दिन चाहान्छु । ’

यस्तै अर्का कलाकार लेखान्त भुसालले पनि आफ्नो बुबालाई १६ बर्षको उमेरमै गुमाउनु परेको र बुबाको मायालाई महसुस गर्न नपाएको बताउनु भयो । ‘म एसएलसी दिएपछि भारतमा काम गर्नका लागी गएको थिएँ । बुबाको मृत्युले स्तब्ध बनायो । चार दिनपछि आएर ठाडो कृया गर्नुपरेको थियो । आज सुजन जीले बनाएको गीत मेरै लागी बनाएको होकि जस्तो लाग्यो । भिडियो मेकिङको क्रममा धेरै पटक रोएँ ।’

यस्तै भिडियोमा अग्रज कलाकार सुरविर पण्डितले पनि अभिनय गर्नुभएको थियो । कलाकार पण्डितले जुन कुरा आँफूसँग हुँदै त्यसको बढी महत्व हुने भएकाले बुबा आमाको मृत्यु भइसकेपछि रुनुभन्दा मृत्यु नहुँदै माया गर्न सबै दर्शक तथा स्रोतालाई आग्रह गर्नुभयो । उहाँले सबै बुवालाई एक जिम्मेवार बुवा हुन पनि आग्रह गर्नुभयो । ‘आज सुजन जीले बुवाको मायालाई जुन तरिकाले भिडियोमा उतार्नुभयो । बुवा असर भएर, जिम्मेवार भएर हो । त्यसैले सबै बुवाहरु आफ्नो सन्तान, परिवारप्रति जिम्मेवार र असल भइदिनुहुन पनि आग्रह गर्छु ।’

गीतमा पुरुस्वत्तम न्यौपाने, पशुपति शर्मा, खुमन अधिकारी, इश्वर सिंह, तारानाथ आचार्य, शम्भु कुँवर, मौसम गुरुङ, किशान नेपाली, डि.आर. सुजन, राजन कार्की, टेक नारायण चापागाई) र नारायण भट्टराईको स्वर रहेको छ । भिडियोमा रमा थपलिया, साया भण्डारी, कृष्ण मंगल श्रेष्ठ, अमृत पौडेल, बिमल खड्का, मनीकुमार राई र निर्मला आचार्यको पनि अभिनय रहेको छ । रेशम दर्लामीले खिचेको भिडियो मनोज कार्कीले सम्पादन गर्नुभएको हो । (समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)

Video Interview: