कोरोनालाई टेर्दैनन् म्युजीक भिडियोका कलाकार

गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं ।

नेपालमा कोरोना भाइरसको माहामारी सुरु भएको पाँच महिना पनि सकिन लागेको छ । अत्यावश्यक बाहेक अन्य काम नगर्न सरकारले आग्रह गरिरहेको छ । सवारी साधनहरु मुख्य सडकमा निकै कम हिडिरहेका छन् । तर कलाक्षेत्रको गतिबिधि हेर्नेहो भने म्युजीक भिडियो सुटिङ धमाधम भइरहेका छन् । म्युजीक भिडियोका कलाकारलाई न त कोरोनाको चिन्ता छ नत सरकारको निर्णय अनुसार चल्ने बानी छ ।

नेपाली चलचित्रक्षेत्रका कुनै पनि काम भएका छैनन । चलचित्रका सुटिङ, सम्पादन तथा प्रदर्शन सबै रोकिएको छ । तर गीत रेर्कडिङ तथा भिडियो सुटिङको काम भने रोकिएको छैन । बिशेष गरी यो अटेरी लोक तथा दोहोरी गीतको क्षेत्रमा अझै बढी देखिएको छ । म्युजीक भिडियोको क्षेत्रमा अत्यधिक निर्देशन गर्ने मध्येका एक शिव बि.कको फेसबुक वालमा जानेहो भने पछिल्लो १० दिनमा ९ वटा म्युजीक भिडियो सुटिङ भएका तस्बिर पोष्ट गरेको देखिन्छ । सबैजसो गीतमा कोरस (पछाडि नृत्य गर्ने ग्रुप डान्सर) राखेको देखिन्छ । कम्तिमा २५ देखी ३५ जनासम्मको टिम एक गीत सुटिङलाई लागेको देखिन्छ ।

‘‘काम नपाउने डरले कोरोनासँग अटेरी गर्दै कलाकारहरु सुटिङमा सामेल भइरहेको देखिन्छ । पछिल्लो समय केहि महिनाको लकडाउनले फेरी झन् लामो समय लकडाउन हुने होकि भन्ने त्रासले काम पाएको बेला गरिहालौं भन्ने सोंच पलाएको देखिन्छ ।’’

निर्देशक बिकले पछिल्लो १५ दिनमा गरेको गीतका सुटिङमा नायक पल शाह, पुष्प खड्का, नायिका एलिजा गौतम देखी दुर्गेश थापा, सारिका केसी, लोमस शर्मा, अमृत सापकोटा लगायतका कलाकारले काम गरेका छन् ।

यस्तै अर्का म्युजीक भिडियो निर्देशक प्रकाश भट्टले पनि आफ्नो सामाजिक सञ्जालमा कत्तिको ब्यस्त छु भन्ने बिषयमा खुलाउन नचाहेको देखिन्छ । तर उहाँले काम गरेका म्युजीक भिडियो पनि सेयर भएको देखिन्छ ।  प्रकाश पनि बिशेष गरी लोक तथा दोहोरी गीतका म्युजीक भिडियो क्षेत्रका चल्तिका निर्देशक तथा मोडल हुनुहुन्छ ।

यस्तै अर्का मोडल तथा निर्देशक शंकर बिसीपनि छायांकनमा खुबै ब्यस्त देखिनुहुन्छ । म्युजीक भिडियो कलाकार संघका अध्यक्ष समेत रहनु भएका निर्देशक बिसी भिडियोमा आफै खेल्ने र आफैले निर्देशन गर्ने गर्नुहुन्छ । तर संस्थाकै अध्यक्ष भएरपनि कोरोनाको माहामारीमा आफै सुटिङ गरिरहेको देखिन्छ ।

अर्का म्युजीक भिडियो निर्देशन तथा मोडल काजिश श्रेष्ठले पनि सामाजिक सञ्जालमा दैनिक जसो सुटिङका तस्बिर पोष्ट गरेको देखिन्छ ।

सरकारले मनोरञ्जनस्थल तथा सुटिङ गर्नका लागी अझैपनि खुकुलो निर्णय बनाएको छैन । सवारीसाधन हिडडुल गर्न केहि खुकुलो भएतापनि मनोरञ्जनस्थलहरु चलचित्र हल, गीत संगीत रेकर्ड, छायांकन, चिडियाखाना जस्ता कुराहरु खोल्ने अनुमति दिएको छैन । तर म्युजीक भिडियोेका कलाकारहरु सरकारको निर्णयलाई नै अवज्ञा गरिरहेका छन् ।

अर्का म्युजीक भिडियो निर्देशक मिलन श्रेष्ठले एकदिन अघिमात्रै गीतको सुटिङ गर्दै भनेर प्रसस्त तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । बिशेषगरी काठक्षेत्रका गीतको भिडियो निर्माण गर्ने निर्देशक श्रेष्ठले भक्तपुरस्थित शंकर बिसीको स्टुडियोमा गरेको भिडियोको सुटिङमा कोरस टन्नै देखिन्छ ।

म्युजीक भिडियोमा अभिनय गर्ने मोडलहरु पनि काम नपाउने डरले कोरोनासँग अटेरी गर्दै सुटिङमा सामेल भइरहेको देखिन्छ । पछिल्लो समय केहि महिनाको लकडाउनले फेरी झन् लामो समय लकडाउन हुने होकि भन्ने त्रासले काम पाएको बेला गरिहालौं भन्ने सोंच पलाएको देखिन्छ ।

सुटिङमा छैन सतर्कता

कतिपय भिडियोका सुटिङमा ४० जना भन्दा बढीको टिम पनि हुन्छ । त्यस्तो सुटिङमा कोरोना महामारीका बिच पनि कुनै सतर्कता अपनाएको देखिदैन ।  जसरी कोरोना भाइरस नआएको समयमा सुटिङ गरिन्थ्यो त्यो समय जसरी नै अहिलेपनि सुटिङ भइरहेका छन् । सुटिङसेटमा नत सेलिटाइजर देखिन्छ नत सामाजिक दुरी कायम नै हुन्छ । भिडियो सुटिङको बेला मास्क लगाउने त झन् कुनै भएन ।

केहि दिन अघिमात्रै नायक जयकिशन बस्नेत र नायिका एलिना रायमाझिले तिज पनि सार्वजनिक हुने गरी ललितपुरको श्रीकालि चौरमा एक गीतको सुटिङ गरिरहनुभएको थियो । झण्डै ३० जनाको जम्बो टिमका बिचमा भइरहेको सुटिङमा कुनै सामाजिक दुरी कायम थिएन । अझ भिडियोमा राम्रो नदेखिने भन्दै नजिक—नजिक बस्नुस भन्दै निर्देशक मौसम हिमालीले आग्रह गरिरहेको देखिन्थ्यो ।

लकडाउन खुकुलो भएसँगै पहिलो म्युजीक भिडियो सुटिङ गर्ने नायक पह शाहले भने अब म्युजीक भिडियोको काम कोरोनाको माहामारी नरोकिन्जेल रोक्ने घोषणा गर्नुभएको छ । पछिल्लो समय धमाधम सुटिङ गरिरहनु भएको नयाक पलले कोरोना महामारीका बिच कलाकारले पनि सजगता अपनाउनुपर्ने बताउनु भएको छ । यस्तै म्युजीक भिडियोमा निकै ब्यस्त हुने अर्का कलाकार सागर लम्सालले पनि भिडियोको काम रोकेको बताउनु भएको छ ।

प्रहरीले थाल्यो एक्शन

जतिसुकै म्युजीक भिडियोको काम भइरहदा पनि प्रहरीको आँखा जान सकेको थिएन । तर पछिल्लो केहिदिन यता प्रहरीले एक्शन लिन थालेको छ । नायिका निता ढुंगानाले साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर सुटिङको तयारी गरिरहँदा प्रहरी पुगेको सुटिङ नै रोकेको थियो । नीताको स्वरमा रहेको भजन गीतको भिडियो सुटिङ रातको समयमा गर्न लागेपछि प्रहरीले रोकेको हो ।  भिडियोको सुटिङ साउन ३० गते दिउँसो गरिएको थियो ।

यस्तै, शंखमुलमा टेलिसिरियल ‘झोल झाल’को सुटिङ भैरहेको समयमा प्रहरी पुग्यो । प्रहरीले खिचिरहेको क्यामेरा भ्यानमा हालेपछि यसका निर्देशक दिनेश पाख्रिन पनि सोही भ्यानमा चढ्नुभएको थियो । करिब २० जनाको टिमसहित सिरियलको छायांकन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

के भन्छन् कलाकार ?

शंकर बिसी⁄ निर्देशक

प्राय तिज पर्वमा बर्षेनी ५० देखी ८५ वटा सम्म म्युजीक भिडियो निर्देशन गर्ने शंकर बिसीले यो लकडाउनको समयमा पनि ३२ वटा म्युजीक भिडियो निर्देशन गरेको सुनाउनु भयो । ‘अहिले पहिलाका जस्तो माहोल भएन त्यसैले केहि कम भयो । गएका बर्षमा तिजको बेलामा मात्रै पनि ८५ वटा सम्म भिडियोको काम गरिएको छ ।’ शंकरले हिमालय टाइम्ससँग भन्नुभयो । ‘तर पछिल्लो दश दिनयता भने म्युजीक भिडियोका कामलाई रोकेको छु । किनकी काठमाडौंमा पनि दिनप्रतिदिन कोरोना बढिरहेकाले डर महसुस पनि भएको छ ।’

शंकरले आफूले गरेका म्युजीक भिडियोका सुटिङ अधिकांश पार्टि प्यालेसमा भएको र सतर्कता अपनाएको बताउनु भयो । ‘अरुले कसरी गर्नुभएको छ थाहा छैन तर हामीले सुटिङको समयमा ज्वरो नापेर, स्यानिटाइजर लगाएर सुटिङ गरेका छौं ।’ शंकरले सधैं पैसा मात्रै भनेर हिड्दा ज्यान नै जोखिममा पर्न सक्ने भन्दै कलाकारहरुलाई यो समयमा सजगता अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रकाश भट्ट⁄ निर्देशन

यो लकडाउन पछि निर्देशक प्रकाश भट्टले झण्डै २० वटा म्युजीक भिडियोको सुटिङ गरेको जानकारी दिनुभयो  । सुटिङस्थलमा मास्कको प्रयोग नगरेपछि कोरस डान्सरहरु काठमाडौं बाहिर नगएको र होम क्वारेन्टाइनमै बसेकाहरुलाई काम लगाएको उहाँको भनाई छ । ‘हामीले दिनहुँ काम सिकाइरहने भाइ बहिनीहरु कोरस डान्सर छन्, काठमाडौं बाहिर गएर आएकाहरु छैनन् ।त्यसैले त्यस्तो डर छैन । तर सुटिङमा सावधानी भने अपनाएका छौं ।’ प्रकाशले हिमालय टाइम्ससँग भन्नुभयो । ‘कलाकारहरुलाई सुटिङबाट बाहिर निस्किदा घरसम्म जाँदा अनिवार्य मास्कको प्रयोग गर्न भनेका छौं र अर्को कुरा अहिलेसम्म कलाकारहरुमा कोरोना देखिएको छैन त्यो राम्रो पक्ष हो ।’ प्रकाशले अहिले पनि आफूलाई निर्देशना लागी अफर आइरहेको तर आफै का मगर्न डराएको बताउनु हुन्छ । दिनप्रतिदिन कोरोना संक्रमित बढिरहँदा अब काम रोक्ने कि भन्ने सम्म पुगेको उहाँको भनाई छ ।

शिव बि.क⁄  निर्देशक

लकडाउन खुकुलो भएसँगै निर्देशक शिव बि.कले ९ वटा म्युजीक भिडियोको काम गरेको बताउनु भयो । बिशेष गरी तिजगीतहरु नै आफूले गरेको बताउने निर्देशक बि.कले सुटिङस्थलमा सावधानी अपनाएको बताउनु हुन्छ ।

‘हामीले कलाकारहरुलाई भनेका छौं र उहाँहरु आफैलाई पनि थाहा छ यो समयमा कति सतर्कता अपनाउनु पर्छ । सामाजिक दुरी सकेसम्म कायम गर्ने कोसिस गरेका छौं । समय समयमा स्यानिटाइजरको प्रयोग गछौं । सुटिङको टेक बाहेक अन्य समयमा मास्क लगाइरहेका छौं ।’ निर्देशक बि.कले हिमालय टाइम्ससँग भन्नुभयो । ‘डरका बाबजुद पनि सुटिङ गरियो ।’ उहाँले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा गएको शनिबारबाट भने सुटिङ रोकेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘अब सुटिङ नगर्ने निर्णय गरेको छु । अब कोरोनाको माहामारी कहिलेसम्म रोकिदैन त्यो समयसम्म सुटिङ गर्दिन ।’

रमेश बिजी⁄  प्रतिष्ठान अध्यक्ष

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले कलाकारहरुले अटेरी गरेको बताउनु हुन्छ । आफूले ब्यक्तिगत तर्फबाट पनि कलाकारहरुलाई आग्रह गर्दा पनि सामुहिक भेटघाट गरिरहने, जन्मदिन सेलिब्रेशनमा समुह बोलाउने तथा सुटिङ गर्ने काम नरोकिएको बताउनुभयो । ‘मैले धेरैलाई भनेको छु । यो बेला सुटिङ रोक्नुस, भेटघाट कम गर्नुस् तर हाम्रा कलाकार साथीहरुनै अटेरी गर्नुहुन्छ ।’ अध्यक्ष बिजीले हिमालय टाइम्ससँग भन्नुभयो । ‘कलाकार भइसकेपछि समाजमा कस्तो उत्तरदायी हुनुपर्छ । आफ्नो कारणले परिवारमा कोरोना सर्न सक्छ, समाजमा जान सक्छ । त्यो कुरा बुझन् जरुरी छ ।’

उहाँले आफुले लेखेका गीतको सुटिङ भने पुर्ण रुपमा बन्देज नै लगाएको बताउनु भयो । साथै सुटिङमा राज्यको तर्फबाट प्रहरीले पनि एक्शन लिनुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘प्रहरीले एकदुईपटक सुटिङस्थलमै गएर एक्शन लिनुपर्ने हो । तर प्रहरीले पनि त्यो गरेको देखिदैन ।’

(समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)