राहत दिन कालिकोटमा पल

भदौ, काठमाडौं ।

नायक पल शाह राहत बोकेर कालिकोट पुग्नु भएको छ । बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि बुधबार पल खाद्यान्न, लत्ता कपडा बोकेर त्यसतर्फ लाग्नुभएको हो । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गरिनेछ ।

पलले भन्नुभएको छ, ‘हामी बुधबार काठमाडौंबाट हिडेका हौं तर शुक्रबार कालिकोट पुग्नेछौं । त्यहाँबाट पनि फेरी दुईदिन हिड्नुपर्छ । बिचबाटोमै स्थायिनलाई भेट्नेछौं र राहत वितरण गर्नेछौं ।’  नायकपलले कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताउनु भयो । अघि भन्नुभएको छ, ‘सायद हामी कालिकोटमा राहत वितरण सकेर आछाम पनि जान्छौ होला । त्यहाँ पनि बाढी पहिरोले क्षती पुर्याएको भन्ने थाहा पाएका छौ ।’ सामाजिक कार्यमा सक्रिय हुन थालेपछि पलले ‘पल शाह प्रतिष्ठान’ स्थापना गर्नुभएको हो । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलको भनाई छ ।

यसअघि पनि पलले लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराउनु भएको थियो ।