‘प्रेमगीत ३’ निर्देशक छेतन गुरुङको निधन

...

<pre style="text-align: justify; "><b>भदौ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको गएराती २ बजे निधन भएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । ४२ बर्षिय छेतनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको जन्म २०३५ साल माघ २२ गते भएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">छेतनले लेखन, निर्देशन गरेको प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय उनी हुतुतु नामक चलचित्रमा ब्यस्त थिए । उनले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ ।&nbsp;</p><p style="text-align: justify; ">छेतनले उत्कृष्ट लेखकमा एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७१ प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट नव निर्देशकमा कामना फिल्म अवार्डमा–२०७६ र डि सिने जुरी अवार्ड–२०७६ पाएका थिए ।&nbsp;</p>