२० वर्षपछि द भाइब्जको नयाँ जादु

भदौ, काठमाडौं ।

लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार पारी सार्वजनिक गरेको छ । २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल व्याण्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा आएको हो । अमेरिकामा रहँदै आउनु भएका व्याण्डका भोकलिष्ट प्रइन सिंहले लकडाउनको समयलाई सदुपयोग गर्दै स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरुलाई पठाउँदा सबैले मन पराई पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उहाँले पियानोको भरमा गाएको गीत युट्युबमार्पmत सार्वजनिक गर्नुभएको हो ।

यो गीत पहिला नसुनेका मानिसहरुले पनि कस्तो राम्रो भनेपछि प्रइनसँगै व्याण्डका सदस्यहरु उत्साहित हुँदै युट्युबमार्पmत लिरिकल भिडियोका रुपमा यसको नयाँ भर्सन सार्वजनिक गरिएको हो । २० वर्षअगाडि चलेका गीत नयाँ पुस्तालाई पनि सुनाउनु पर्छ भनेर युट्युबमा नयाँ भर्सन अपलोड गरेको भोकलिष्ट प्रइनले सुनाउनु भयो । यो गीत द भाइब्ज व्याण्डका भोकलिष्ट प्रइनको पहिलो कम्पोजिशन थियो । प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको दाजुभाई नै संगीतकर्मी हुनुहुन्छ । उहाँका दाई मनोज सिंह ग्रामी अवार्ड मनोनयनमा पर्न सफल संगीतकर्मी समेत हुनुहुन्छ । द भाइब्ज व्याण्डका हरेक गीतमा मनोजले नै बाँसुरी वादन गर्दै आउनु भएको छ । २ दशकअघिको यो गीत अर्चना श्रेष्ठले रचना गर्नुभएको हो । सगीत पनि प्रइनको हो ।

द भाइब्ज व्याण्ड अमेरिकाको सन्त रोसामा रहेका उत्साहित सांगितीक युवाहरुले स्थापना गरेको व्याण्ड हो। व्याण्डले गठन भएको ४ वर्षको मेहनतपछि स्तरिय नेपाली रक गीत संगीतहरुलाई समावेश गरेर पहिलोपटक सन् २००९ मा द भाइब्ज जेनेरेशनको नाममा रक गिती अडियो एल्बम सार्वजनिक गरेको थियो । पहिलो एल्बमबाटै वाह–वाही पाए पनि व्याण्डले दोस्रो एल्बम सार्वजनिक गर्नका लागि अर्को ४ वर्ष कु¥यो र सन् २०१३ मा दोस्रो एल्बम ‘को हुँ म’ बजारमा ल्यायो ।

पहिलो एल्बम ल्याएलगत्तै सन् २००९ को हिट्स एफएम अवार्ड र इमेज अवार्ड चुमिसकेको द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए । व्याण्डका यी तीन युवा अहिले नेपालदेखि अमेरिकाका विभिन्न प्रतिष्ठित क्षेत्रमा संलग्न छन् । व्याण्डका ड्रमर कामना न्यूज पब्लिकेसन्स्का सिइओ र प्रवन्ध सम्पादक हुनुहुन्छ भने भोकलिष्ट प्रइन सिंह अमेरिकाको क्लालिफोर्नियास्थित हटमेल डट कममा इन्जिनियर हुनुहुन्छ ।

त्यसैगरी गितारिष्ट रुपक लामा उत्तरी क्यालिफोर्नियाको रेष्टुराँ उद्यमीका रुपमा स्थापित हुनुहुन्छ । व्याण्डले ‘खै के भो, थाकी सके, त्यही पल, आमा, फसें म र हाम्रो तारा’ बोलका गीतमाथिको म्युजिक भिडियोमार्पmत समेत ख्याति आर्जन गरिसकेको छ । यसका साथै उत्कृष्ट सांगितीक सिर्जनाहरुका कारण हिट्स म्युजिक अवार्ड, इमेज अवार्डजस्ता सांगितीक अवार्ड चुम्दै आएको छ ।