ज्योतीले ल्याए नयाँ टेलिश्रृंखला ‘गंजागोल’

असोज, काठमाडौं ।

नेपाल टेलिभिजनमार्फत नयाँ टेलिश्रृंखला ‘गंजागोल’ प्रसारणमा आएको छ । कलाकार ज्योती काफ्लेको लेखन तथा निर्देशनमा आज (सोमबार) साँझ ७ः२५ बाट पहिलो भागको प्रसारण सुरु भएको छ । अबदेखी नेपाल टेलिभिजनमा प्रत्यक सोमबार साँझ ७ः २५ मा प्रसारण हुनेछ । साथै टेलिभिजनमा प्रसारण भइसकेपछि ओएसआर डिजिटलको युट्युवमा राती ८ बजे प्रसारण हुनेछ ।

सोमबार राजधानीमा आयोजकी पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्देशक ज्योतीले कार्यक्रमबारे जानकारी गराए । ज्योतीले हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ मा पनि अभिनय तथा निर्देशन गरेका थिए । अहिले ज्योतीले आफ्नै प्रोडक्सन फोके नेपाल मिडिया प्रा.लि.बाट नयाँ श्रृंखला ल्याएका हुन् ।

यसअघि बाबुराम भट्टराई र केपी ओलीको स्वरुपमा कला देखाएर लोकप्रिय बन्नुभएका ज्योती ‘गंजागोल’मा पनि बिभिन्न नेता तथा अन्यको भूमिकामा देखिनेछन् । टेलिश्रृंखलाका निर्मातामा प्रकाशकुमार सुवर्णकार छन् भने दिलीप विष्ट र रामकृष्ण कँडेलले दृश्य खिच्नेछन् । यस्तै शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति नेउपाने (ल्याङ्ग्री दादा), प्रकाश स्वर्णकार (बबुवा थारु), बन्दना कार्की, सुसन राई (भाले, पुजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काफ्ले, बिपना बस्नेत, (नक्कली हिसिला), राजन भुजेल (हल्दार), सिर्जना केसी, सुशान्त पाठकलगायत कलाकारको अभिनय रहनेछ ।

ज्योतीले श्रृंखलामार्फत समाजका बेथितिलाई ब्यंग्य गर्ने बताए ‘हाँस्य ब्यंग्यको शैलीबाट समाजका बिभिन्न बिषयलाई उठान गर्नेछौं । पछिल्लो समसामाहिक बिषय वस्तुले पनि श्रृंखलामा स्थान पाउनेछ ।’ कार्यक्रममा ज्योतीले भने । कार्यक्रम श्यामहरी शिवभक्तीले उद्घोषण गरेका थिए ।