मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री आउट

असोज, काठमाडौं ।

कोरोना भाइरसको माहामारीका बिच रोकिएको हाँस्य टेलिभिजन सो ‘मुन्द्रेको कमेडी क्लब’ अब सञ्चालनमा आउने तयारीमा छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई समर्थन गर्दै सञ्चालक जितु नेपाल (मुन्द्रे)ले सो बन्द गर्नुभएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै अब यो सो पुनः सञ्चालनमा आउने भएको हो । स्वास्थ्य सुरक्षा अपनाएर सोलाई  फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सोको ४ भागको छायांकन पूरा भइसकेको छ ।

सोमा एक अध्यक्ष हुने गर्दछन् । जसले सोको गरिमा बढाएको हुन्छ । ‘मुन्द्रेको कमेडी क्लब’की अध्यक्ष दीपाश्री निरौला हुनुहुन्थ्यो तर अब दोस्रो सिजनमा दीपा सोबाट बाहिरीनु भएको छ । उहाँको ठाउँमा अभिनेत्री करिश्मा मानन्धर आउनु भएको छ । लकडाउनमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको र उनको ठाउँमा करिश्मालाई चुनिएको चर्चा छ । तर, यस विषयमा टिमबाट कुनै जानकारी प्राप्त भएको छैन ।

करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा आफूले अध्यक्षता ग्रहण गरेको बताउनु भएको छ । जीतु नेपालको आग्रह नकार्न नसकेर आफू शोमा आबद्ध भएको उहाँको भनाई छ । निर्देशक तथा कलाकार दीपाश्रीले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने घुमाउरो शैलीमा बताउनु भएको छ । आइतवार सामाजिक सञ्जाल फेसबुकमा उहाँले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिनुभएको छ।