छोरीलाई भिडियोमार्फत डेब्यु गराउँदै अन्जु पन्त

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

लोकप्रिय गायिका अन्जु पन्तकी १९ बर्षिय छोरी परितोसिका पन्तले म्युजीक भिडियोमा डेब्यु गर्नुभएको छ । अन्जुकै स्वरमा रहेको एक गजल गीतको भिडियो मार्फत परितोसिकाले अभिनयको यात्रा सुरु गर्नुभएको हो । सोमबार राजधानीको एक रिसोर्टमा छायांकन गरिएको उक्त गीतको भिडियोमा परितोसिकासँग कुन्साङ बम्जनको जोडी बाधिएको छ ।

‘‘यसअघि धेरै चलचित्र तथा म्युजीक भिडियोबाट अफर आएपनि आफ्नै गीतबाट अभिनय सुरु गरेको र अब यसपछिका अफरमा छोरीले काम गर्ने अन्जुले प्रष्ट पार्नुभयो ।’’

गायिका अन्जुले छोरीको अभिनय यात्राको सुरुवात आफ्नै गीतबाट गराउन पाउँदा खुसी लागेको बताउनु भयो । यसअघि धेरै चलचित्र तथा म्युजीक भिडियोबाट अफर आएपनि आफ्नै गीतबाट अभिनय सुरु गरेको र अब यसपछिका अफरमा छोरीले काम गर्ने अन्जुले प्रष्ट पार्नुभयो । अन्जुले भन्नुभएको छ, ‘यस अघि धेरैले अफर गर्नुभयो तर अब औपचारिक रुपमा छोरीको अभिनय सुरु भएको छ । सुरुमा आफ्नै गीतबाट डेब्यु गराउँ भन्ने चाहाना पनि हो । छोरीले अब अभिनय गर्न चाहाना पनि राखेकी छिन् ।’

सुरेश वाग्लेको शब्द रहेको उक्त गजल गीतमा अन्जु आफैले संगीत भर्नुभएको छ । भिडियो भने निकेश खड्काले निर्देशन गर्नुभएको छ । सुटिङको अनुभव सुनाउँदै परितोसिका भन्नुहुन्छ, ‘क्यामेराको अगाडी बसेर पहिलो पटक अभिनय गर्दा केहि डर लागेको छ तर सबैलाई निकै सहयोगी हुनुहुन्छ । त्यसैले खासै गाह्रो महसुस भएको छैन ।’ यस्तै भिडियोका मोडल कुन्साङले पनि यस अघि केहि भिडियोमा काम गरेको भएपछि यस भिडियोको सुटिङमा फरकपन पाएको र भिडियो राम्रो बन्नेमा ढुक्क भएको बताउनु भयो । यस्तै अन्जु पन्तको गीतको भिडियोमा आफूले अभिनय गर्न पाउँदा निकै खुसी लागेको उहाँ बताउनुहुन्छ, ‘अन्जु पन्तको गीत भन्ने बित्तिकै मलाई भिडियोमा काम गर्ने इच्छा जागेको थियो । त्यसपछि अन्जु दिदीकै छोरी भनेपछि मलाई परितोसिकाको प्राफाइल चेक गरेको थिएँ । लुक्स पनि राम्रो लाग्यो ।’

अन्जुले यस गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो । यसअघि हजारौं गीत बिभिन्न च्यानलमार्फत आएपनि छोरीको डेब्यु गीतको भिडियो भने आफ्नै अफिसियल युट्युव ‘अन्जु पन्त’बाटै सार्वजनिक गर्ने बताउनु भएको हो । अन्जुले आगामी दिनमा पनि आफ्नो य्ुट्युव च्यानललाई अगाडी बढाउने र अहिलेको समयमा कलाकारको आफ्नै युट्युव च्यानल हुनुपर्ने तर्क राख्नुभयो । (समाचार हिमालय टाइम्समा प्रकाशित छ)

Video: