बोर्डका ६ कर्मचारीमा कोरोना संक्रमण

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">चलचित्र विकास बोर्डका ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योजना महाशाखा सहित प्रशासनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण हुँदा बोर्डको काम समेत प्रभावित बनेको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">बोर्ड अध्यक्ष दयाराम दाहाल भन्नुहुन्छ, ‘बोर्डमा कार्यरत ६ जनामा कोरोना संक्रमण भएपछि काम प्रभावित भएको छ । यद्यपि अत्यावश्यक काम भने भइरहेको छ । घरबाट गर्न मिल्ने काम घरबाटै भइरहेको छ । अफिस जाने साथीहरुले कोही स्टाफसँग नभेटी आफ्नै क्याविनबाट फर्किने अवस्था आयो ।’</p><p style="text-align: justify; ">बोर्ड अध्यक्ष दाहाल स्वयं कन्ट्याक ट्रेसिङमा पर्नुभएको छ । तालुकदार मन्त्रायल सञ्चार मन्त्रालयलमा नयाँ मन्त्री आएकाले केही काममा ढिलाइ भइरहेको उहाँले बताउनु भयो ।</p>