युट्युव ट्रेन्डिङमा ४ नेपाली फिल्म

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली चलचित्र हलमा प्रदर्शन गर्ने अवस्था नभएको बेला अहिले युट्युवमा भने एकपछि अर्को गर्दै चलचित्र सार्वजनिक भइरहेका छन् । अहिलेको अवस्थामा चार नेपाली चलचित्र नेपालको युट्युवको ट्रेन्डिङमा आएका छन् ।

जसमध्ये दुई साता अघि रिलिज भएको ‘ए मेरो हजुर ३’ ले नेपालको यूट्यूब ट्रेन्डिङको पहिलो स्थान एकसाता बढी कब्जा गरेको थियो । सोमबार साँझ सम्म यो चलचित्र ट्रेन्डिङ ७ मा पुगेको छ । अहिले ट्रेन्डिङको पहिलो स्थानमा चलचित्र ‘प्रसाद’ आएको छ । यस्तै ट्रेन्डिङको पाँचौं स्थानमा चलचित्र ‘साँइली’ आइपुगेको छ । अर्को चलचित्र ‘कुम्भ करन’ पनि ट्रेन्डिङको १३ औं स्थानमा बसेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गर्नुभएको हो । हलमा व्यवसायिकरुपमा सफल भएको ए मेरो हजुर ३ लाई युट्युवमा झण्डै एक करोडले हेरिसकेका छन् भने दर्शकले रुचाएका छन् ।

त्यस्तै एकसाता अघि युट्यवमार्फत रिलिज भएको ‘साईली’ लाई पनि सोमबार साँझ सम्म झण्डै ४० लाख पटक हेरिएको छ । रामबावु गुरुङको निर्देशनमा बनेको साइलामा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

व्यवसायिक र समिक्षागत रुपमा सफल चलचित्र ‘प्रसाद’ लाई पनि चार दिनमा१७ लाख पटक हेरिएको छ । यो चलचित्रमा निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बिपिन कार्कीको मुख्य भुमिका रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुशिल पौडेलले लेख्नुभएको हो ।

त्यस्तै एकसाता अघि रिलिज भएको कुम्भ करणलाई पनि १३ लाख पटक युट्युवमा हेरिएको छ । चलचित्रमा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

अहिले नेपालको युट्युव ट्रेन्डिङमा हेर्ने हो भने दोस्रो स्थानमा बिदेशी गीत छ भने तेस्रो स्थानमा नेपाली गीत ‘चम्पा पिलेट’ रहेको छ । यस्तै चौथो स्थानमा ‘तिहार बिशेष’ सिरिज रहेको छ । छैठौं स्थानमा भने बिष्णु माझि र कुलेन्द्र विश्वकर्माको स्वरमा रहेको ‘भिटामिन यु’ बोलको लोक गीत रहेको छ । जसमा पल शाह, दुर्गेश थापा र गरिमा शर्माको अभिनय रहेको छ ।