लघु चलचित्र ‘निम्तो’ सार्वजनिक

आर्टिष्ट खबर/  मंसिर, काठमाडौं ।

लघु चलचित्र ‘निम्तो’ सार्वजनिक गरिएको छ । गोल्डेन ड्रिम्स इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा निर्माता गणेश सुवेदीले निर्माण रहेको ‘निम्तो’ सार्वजनिक भएको हो । चेतनाथ दंगालको निर्देशन रहेको सार्वजनिक चलचित्रमा कोरोना भाइरस (कोभिड–१९)का कारण हलसम्म जान नपाएका दर्शकहरूलाई लक्षितगरी युट्युव मार्फत सार्वजनिक गरिएको निर्माता सुवेदीले बताउनुभयो ।

साहित्यकार तथा समाजसेवी राधा भण्डारीको कथा, भूमिकला पौडेल तथा अपराजिता सुवेदी सहनिर्माता रहेको सार्वजनिक चलचित्रमा नायक दिनेश केसी, नायिका तुलसा पहाडी र बाल कलाकार पुनम केसीलगायतको अभिनय छ । तिलक गौतमको छायाँकन, जीवनराम टण्डनको सम्पादन, सम्राट थापाको पाश्र्व सङ्गीत, गणेश सुवेदीको पटकथा÷सम्वाद रहेको चलचित्र प्रेममय जीवन बाँच्न चाहनेहरूको प्रतिनिधी चलचित्र रहेको छ ।

लामो अन्योलकाबीच आफ्ना दर्शकलाई राम्रो विषयवस्तु समेटिएको चलचित्र निर्माण गरी प्रस्तुत गरिएको निर्देशक दंगाल बताउनुहुन्छ ।