सफलताको श्रेणी उक्लदै देवेन्द्र बब्लु

पुस, काठमाडौं ।

गीत गाउन र अभिनयमा सानै देखी रुचि राख्ने देवेन्द्र बब्लु तीनबर्ष अघि थिएटर सिक्ने क्रममा दैनिक कमलपोखरी– पुतलीसडक आवतजावत गर्नुहुन्थ्यो । त्यो समयमा बिच बाटोमा पर्ने कुमारी चलचित्र हलको बाहिर टाँसिएका ठुला ठुला होडिङ बोर्ड जहिल्यै हेर्नेगर्नुहुन्थ्यो र मन–मनमा आफैले प्रश्न गर्नुहुन्थ्यो, मेरो पनि यसरी नै हिरो हिरोइनको जसरी फोटो टाँसिने कहिले होला ?

केहिबर्ष अघिदेखी निरन्तरको सिकाईका कारण अहिले देवेन्द्रले आफ्नो अभिनयमा निखारमा ल्याउनु भएको छ । दर्जनौं म्युजीक भिडियोमार्फत आफ्नो अभिनय देखाएर प्रसंसा बटुलिसक्नुभएको छ । यतिमात्रै होइन उहाँको स्वरको प्रसंसा पनि उत्तिकै हुन्छ । उहाँ एक राम्रो ब्यावसाहिक गायक पनि हो । पाँचमहिना अघि सामाजिक सञ्जाल, टिकटकमा निकै सुनिएको ‘म हाँसे हाँस्छौ र’ बोलको गीत देवेन्द्रले नै गाउनु भएको हो । यतिमात्रै होइन उहाँका थुपै गीतहरु मध्ये ‘मायाले नी केके गर्च गर्च, कसरी, एक्लै जान सक्छौ र, जुनी भरीलाई, बुढाबुढी, गोठालो’ निकै रुचाइएका गीत हुन् । उहाँले प्राय आफ्ना गीतमा आफैले अभिनय गर्नुहुन्छ भने अन्यको थुप्रै गीतमा पनि अभिनय गर्नुभएको छ । देवेन्द्र निर्देशन गर्न सक्ने क्षमताका कारण पनि डिमाण्डेड हुनुहुन्छ । उहाँलाई म्युजीक भिडियो निर्देशन गर्नका लागी दैनिकजसो अफर आइरहेका हुन्छन् ।

‘‘चलचित्र ‘परदेशी २’मा देवेन्द्रले अभिनय गरिसक्नुभएको छ । भने केहिदिन अघिमात्रै घोषणा गरिएको चलचित्र ‘गणपति’मा उहाँ अनुबन्धित हुनुभएको छ ।’’

देवेन्द्रले आफूले देखेका सपनाहरु बिस्तारै पुरा हुँदै गइरहेको बताउनुहुन्छ । सफलताका लागी पुग्नुपर्ने दशौं सिडी मध्ये कतिमा पुगे जस्तो लाग्छ भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘मैले अझै धेरै गर्न बाँकी छ । बल्ल तेस्रो सिडी तिर पुगेजस्तो लाग्छ ।’ देवेन्द्र लोकप्रिय गायक प्रकाश सपूतका भाई हुनुहुन्छ । प्रकाशका अधिकांश लोकप्रिय भएका गीतहरुमा देवेन्द्रको ठुलो सहयोग छ । कतिपय भिडियोको निर्देशनमा देवेन्द्रले प्रकाशलाई सघाउनु भएको छ । भिडियोको कन्सेप्ट बनाउने समयमा दाजुभाई मिलेरै काम गर्नुहुन्छ । प्रकाशका ‘गलबन्दी, बोलमाया’ लगायतका सुपरहिट लोकगीतमा देवेन्द्रको ठुलो सहयोग छ ।

देवेन्द्रलाई अहिले चलचित्रबाट पनि अफर आउन थालेका छन् । उहाँले एक चलचित्रमा काम पनि गरिसक्नुभएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परदेशी २’मा देवेन्द्रले अभिनय गरिसक्नुभएको छ । भने केहिदिन अघिमात्रै घोषणा गरिएको चलचित्र ‘गणपति’मा उहाँ अनुबन्धित हुनुभएको छ । यस्तै अन्य केहि चलचित्रका लागी कुरा भइरहेको उहाँ बताउनुहुन्छ । सानोपर्दा (म्युजीक भिडियो)मा काम गरिरहनुभएका देवेन्द्रले ठुलो पर्दामा काम गर्दाको मज्जाको अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘चलचित्रको पर्दामा काम गर्दा छुट्टै मज्जा आउँछ । अभिनयको पाटो एउटै भएता पनि काम गर्ने टिम, शैली फरक हुन्छ । पहिलो चलचित्र परदेशी २ बाट अनुभव बटुल्ने मौका पाएको छु । दोस्रो चलचित्र गणपतिमा भर्खर जोडिएको छु । नयाँ कुरा सिक्दै अनुभव बटुल्दै जान मन पराउने मान्छे हो म ।’

बिशेषगरी देवेन्द्रले ‘टिन एजर’ दर्शकको मनोभाव बुझेर काम गर्नुहुन्छ । उहाँले निर्देशन गरेका म्युजीक भिडियो हेर्नेहो भने अहिले नेपाली म्युजीक क्षेत्रमा चलिरहेको धार भन्दा फरक छन् । त्यसैले नयाँ ‘टेस्ट’ पाउँदा दर्शकको नजरमा पर्नुभएको छ । देवेन्द्रको अहिलेको अवस्थामा बजारमा कुन किसिमको गीत ल्याउँदा राम्रो हुन्छ भनेर अध्ययन गर्ने शैली तारिफयोग्य छ । देवेन्द्रका सार्वजनिक भएका अधिकांश गीत सेमी लोक छन् । छिट्टै नै ‘भेटै हुन्न की’ बोलको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

Video Interview: Click Here

(हिमालय टाइम्समा प्रकाशित छ)