प्रदीप खड्का र रेनु योगीको जोडी रहने ‘प्रकाश’को निर्माण घोषणा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘प्रकाश’को निर्माण घोषणा गरिएको छ । दिनेश राउतले निर्देशन गर्ने यो चलचित्रमा युवास्टार प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । यस्तै नवअभिनेत्री रेनु योगीको पनि मुख्य अभिनय रहनेछ । अभिनेत्री रेनु अडिशनबाट छनौट हुनुभएको हो ।

मंगलबार राजधानीको पाँचचारे होटल याक एण्ड यतीमा आयोजीत पत्रकार सम्मेलन कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकारको परिचय गराइयो । चलचित्र अर्को साताबाट जुम्लाको एक गाउँमा खिचिने बताइएको छ । चलचित्रमा प्रदीप र रेनुको साथमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन रहनेछ भने कथा विकास सुवेदीले लेख्नुभएको हो ।

अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चिलचित्रमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ । महेन्द्र अधिकारीले निर्माण गर्ने फिल्ममा उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । चलचित्रलाई आरआर फिल्मस् (रत्न श्रेष्ठ र रोहित कट्टेल) ले वितरणको जिम्मा लिएको छ । चलचित्रको प्रदर्शन मिति नतोकिएपनि एकबर्ष भित्रमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ ।

Video: Click Here