पर्यटक बोलाउने बेला भएको छैनः राजु लामा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली सांगितीक क्षेत्रमा मंगोलियन हार्टको रुपमा परिचित गायक राजु लामाले नेपालमा अझै पनि बिदेशी पयर्टक बोलाउने बेला नभएको धारणा राख्नुभएको छ । कोभिड १९ को संक्रमण अझै रहेको र नेपाल सरकारले आह्वान नगरेसम्म पर्यटकलाई आमन्त्रण गर्न नमिल्ने तर्क राख्नुहुन्छ ।

शनिबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा राजु लामाको स्वर रहेको नयाँ गीत ‘शैलुंगे मेला’को बिमोचन कार्यक्रममा राजुले यस गीतले पनि नेपालको पर्यटक प्रबद्धन गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । ‘अहिलेका समय अझै पनि कोरोनाले छाडिसकेको अवस्था छैन, अहिले खोप लगाउने काम भइरहेको छ । यो अवस्था सामान्य नहुन्जेलसम्म पर्यटकलाई बोलाउनु हुँदैन ।’ राजुले भन्नुभयो । ‘मलाई लाग्छ अझै एकदुईबर्ष त पर्यटकको चहलपहल बढ्न गाह्रो हुन्छ ।’

गायक लामाले केहि महिना अघिमात्रै कोरोना कहरको लकडाउन पछि देशका बिभिन्न ठाउँमा पुगेर आन्तिक पर्यटक प्रबद्र्धन गर्ने घोषणा गर्नुभएको थियो । अहिले पनि लामा बिभिन्न समयमा देशका बिभिन्न स्थानमा पुगेर भ्लग बनाउने काम गर्नुभएको छ ।

सार्वजनिक ‘शैलुंगे मेला’ गीतमा अनिल लामाको शब्द तथा संगीत रहेको छ । यस्तै फनिन्द्र राईको एरेन्ज रहेको गीत मित्र लामाले मिक्स गर्नुभएको हो । गीतको भिडियोमा गायक लामासँगै एलिशा राई र साजन मोक्तानले अभिनय गर्नुभएको छ । भिडियो सोनम पाख्रिनले निर्देशन गर्नुभएको हो ।