लामो समयपछि हलमा ‘गोर्खे’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हाल हलमा नयाँ चलचित्र प्रर्दशनमा नआएका कारण हल सञ्चालकहरु पुराना चलचित्र चलाउँदै आएका छन्। दर्शकको अनुपस्थितिको डरले शुक्रवारबाट बल्ल-बल्ल डेढ महिनापछि नयाँ चलचित्र प्रदर्शनमा आएको छ। महामारीको रुपमा फैलिएको कोरेना भाइरसका कारण ९ महिना देखि बन्द गरिँदै आएको चलचित्र हल पुष १० गतेबाट खुलेको थियो । माघ १ गते अभिनेता शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पछि अरु नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन्।

खुल्ने बित्तिकै हलमा दर्शकको उत्साहजनक उपस्थिती नरहने त्रासले निर्माताहरु चलचित्र प्रर्दशनका लागि अझै तयार भईसकेका छैनन्। शुक्रवारबाट प्रचारै बिना गोर्खाली सैनिक बन्ने सपना बोकेका ५ युवाहरुको कथा रहेको चलचित्र ‘गोर्खे’ प्रर्दशनमा आएको हो । जुन चलचित्र तीन वर्ष अगाडि नै निर्माण भएको थियो ।

किम्मत गौतमको निर्देशन रहेको चलचित्रमा अञ्जली अधिकारी, अर्जुन गुरुङ, रविन्द्र प्रताप सेन, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय  रहेको छ। तिर्थ राम कोजु र हरि थापाले निर्माण गरेको चलचित्रमा हरि लामाको प्रस्तुति रहेको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा निर्मित चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डि.गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको छ।