निर्देशक शेट्टीको जन्मदिनमा ‘सुर्यवंशी’को प्रर्दशन मिति घोषणा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) । </span></pre><p style="text-align: justify; ">अक्षय कुमार स्टारर पुलिस ड्रामा 'सूर्यवंशी'को प्रर्दशन&nbsp;मिति आधिकारिक रूपमा घोषणा गरिएको छ। आइतवार निर्देशक रोहित शेट्टीले&nbsp;आफ्नो ४८औं जन्मदिनको अवसरमा चलचित्रको प्रर्दशन&nbsp;मिति घोषणा गरेका हुन्। उनका अनुसार चलचित्र ३० अप्रिलमा प्रर्दशनमा आउँदैछ । उनले इन्स्टाग्राममार्फत पोस्टमा लेखेका छन् 'प्रिय दर्शकहरू र मेरा कलाकारहरूका फ्यान क्लब। मलाई थाहा छ कि तपाईंले एक वर्षभरि 'सूर्यवंशी'को प्रर्दशनको लागि उत्सुकतासाथ प्रतिक्षा गरिरहनुभएको छ। र यो हाम्रो लागि ठूलो खुशीको कुरा हो।'</p><p style="text-align: justify; ">निर्देशक सेट्टी, करण जोहर, अपूर्व मेहता, अरुण भाटिया र हिरो जोहरको लगानी रहेको चलचित्रमा ज्याकी श्राफ, गुल्सन ग्रोवर र जावेद जफारी लगायतका कलाकारको पनि अभिनय रहेको छ । रिलाइन्स इन्टरटेनमेन्ट, धर्मा प्रोडक्सन र गुड अफ केप फिल्मस्को ब्यानरमा निमार्ण भएको चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरेका हुन्। चलचित्रमा अजय देवगण र रणवीर सिंहको पनि विशेष भुमिका रहेको छ ।</p>