‘चिसो मान्छे’को छायांकन सम्पन्न

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><p>दीपेन्द्र. के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’को छायांकन सकिएको छ । २७ दिनभित्र चलचित्रको सम्पुर्ण छायांकन सकिएको हो । ललितपुरबाट सुरु भएको चलचित्रको छायांकन शनिवार बझाङ पुगेर सम्पन्न भएको हो । फागुन १७ गते मुहूर्त गर्दै फ्लोरमा निस्किएको ‘चिसो मान्छे’को मुख्य भूमिकामा अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्का रहेका छन् ।&nbsp;</p><p>निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ । कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंको हो । आउँदो भदौ ११ गते चलचित्र प्रदर्शन गर्ने निर्माणटीमले जानकारी दिएको छ । लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंहुदै बाजुरासम्म पुर्याउदाको कथा चलचित्रले बोल्नेछ ।&nbsp;<br></p>