‘मनसँग मन’को पोष्टर सार्वजनिक, प्रर्दशन मिति स्थगित

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘मनसँग मन’को प्रर्दशन मिति केही समयकालागि स्थगित गरिएको छ । चैत २७ गते प्रर्दशनमा आउने भनिएको यस चलचित्रको नयाँ प्रर्दशनमिति अब केहि दिनमा सार्वजनिक गर्ने निर्माण टिमले जानकारी दिएका छन् । कैलाश राई निर्देशित यस चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र स्थगित गरिएको  बारे निर्माण टिमले जानकारी दिएका हुन्। कोरोनाको जोखिम बढ्दै गएसँगै चलचित्रका मुख्य पात्र अभिनेता पुष्प खड्काको चलचित्र जुध्ने भएकाले यस चलचित्र प्रर्दशनमा रोक लगाइएको वितरक करण श्रेष्ठले बताएका छन् । चैत्र २७ गते पुष्पको अर्को  चलचित्र ‘कृष्णलीला’ प्रदर्शन हुँदैछ ।

चलचित्र प्रर्दशनमा रोक लगाइएपनि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा पुष्प र वर्षाको अलवा चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दा, बुद्धि तामाङ लगायतको पनि मुख्य भूमिका रहेको छ। अरुण तामाङले निर्माण गरेको चलचित्रमा दीपक शर्मा र अगोम गुरुङको संगीत, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ ।