सविनजंगको अभिनय रहेको ओभरडोज’ ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।

अमेरिकामा बस्दै आएका दुई नेपाली युवाको जीवनीमा आधारित नयाँ नेपाली चलचित्र ‘ओभरडोज’को ट्रेलर सार्वजनिक गरिएको छ । कलाकार प्रनिसराज पन्तको उक्र चलचित्र आउँदो मे १५ मा टेक्सस राज्यको डलासमा प्रिमियर गर्ने तयारी भैरहेको निर्माण टिमले जनाएको छ । चलचित्रमा दुई युवाको ड्रग्स र अपराधको कथालाई देखाइएको छ ।

चलचित्रमा प्रनिसराज पन्तसंगै सविनजंग थापा र बिना श्रेष्ठको मुख्य भुमिका छ । सुदूरपश्चिम प्रदेश घर भएका पन्त अध्ययनको सिलसिलामा हाल अमेरिकामा छन् । सुमन पौडेलको निर्देशन रहेको चलचित्रमा गौरव गुरुङ, स्वामी डिले लगायतको अभिनय गरेका छन् ।

कथा समेत निर्देशन पौडेलको रहेको उक्त चलचित्रमा नेपालीका अलवा अमेरिकाको कलाकारले पनि अभिनय गरेका छन् । अंग्रेजी र नेपाली दुई भाषा प्रयोग गरिएको चलचित्र ‘ओभरडोज’ मा ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्रा देखाउन खोजेको बताइएको छ ।

दादा प्रोडक्सन हाउसको निर्माण, साजन कार्कीको सम्पादन रहेको फिल्म विश्वव्यापी प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ । दर्शकका लागि केही नयाँ दिने उदेश्यले आफ्नो भुमि भन्दा टाढा भएपनि चलचित्र निर्माण गरिएको अभिनेता प्रनिसराज पन्त बताएका छन् ।