‘सिन्धु सहयोग कोष’मा पहिलो दिनमै ३२ लाख

असार, काठमाडौं ।

सिन्धुपाल्चोकमा हालै आएको बाढीले गरेको क्षतिको पुननिर्माण गर्न र पिडितलाई सहयोग गर्नका लागी सिन्धुपाल्चोकका कलाकारहरु जुटेर गठन गरिएको ‘सिन्धु सहयोग कोष’मा पहिलो दिनमै ३२ लाख संकलन भएको छ । अभिनेता कृष्ण मल्ल संयोजक र अभिनेत्री करिश्मा मानन्धर सह संयोजक रहेको कोषका लागि पहिलो दिनमै भएको संकलनले उत्साह थपेको छ ।

संयोजक मल्लले थप सहायताका लागि विभिन्न व्यापारिक घरानालाई पनि आग्रह गरिने बताउनु भएको छ । संकलन भएको उक्त रकम चाँडै बैंकमा खाता खोलेर राखिने उहाको भनाई छ । इन्द्रावती नदीमा आएको भीषण बाढीले सयौं घर विस्तापित भएका छन् ।

कोषमा करिष्मा मानन्धर, जितु नेपाल, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनकदीप पराजुली, किरण के.सी, सुभाष खड्का, भुवन के.सी, सुरेन्द्र के.सी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठलगायतले आर्थिक सहयोग गर्नुभएको छ । कोषका कोषाध्यक्ष जितु नेपालले सिन्धुपाल्चोकको समस्यामा सबै एकजुट हुनुपर्ने बताउँदै स्वतः स्फूर्त सहयोगको अपिल गर्नुभएको छ ।