राष्ट्रगानका गायक थापाको निधन

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको शुक्रवार कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । मेचीनगर नगरपालिका ३ बडाखाल निवासी थापामा गत आइतबार कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उहालाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।</p><p style="text-align: justify; ">भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा शुक्रवार बिहान ६ बजे उहाको निधन भएको बी एन्ड सी हस्पिटलले जानकारी दिएको छ । उहाकी पत्नी राधा थापासमेत कोरोना संक्रमण भएर सोही हस्पिटलमा उपचाररत् हुनुहुन्छ । विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो ।</p><div style="text-align: justify; "><br></div>