हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आठबर्ष अघि प्रकाशनमा आएको हास्यकलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ एक लाख प्रति प्रकाशित भएको छ । कलाकार आर्चाय स्वयम्ले लेखेको यस पुस्तकको पहिलो प्रति सन् २०१३ अप्रिलमा प्रकाशन भएको थियो ।

हरिवंशले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘यहाँहरुको मायाले गर्दा चिना हराएको मान्छेको एकलाख प्रति  अर्थात शतशहस्र संस्करण प्रकाशन भएको छ । प्रकाशक फाइनप्रिन्ट, आदरणीय पाठकबर्ग तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

पुस्तक चिना हराएको मान्छे एक साधारण तर भगवानसँग डराउने पुरुषको कथा हो, जसको चिना (कुण्डली) हराउँछ । यो आत्मकथामा हरिवंशको बाल्यकालको सम्झना, कल्पना र युवाअवस्थामा उनले सामना गरेका संघर्षहरू समेटिएका छन् ।