विधान कार्कीको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन

आर्टिष्ट खबर/ भदौ, काठमाण्डौ ।

नेपालमा म्यूजिक भिडियो निर्देशकहरुको छाता संगठन स्वरुप ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि संस्था स्थापना भएको जानकारी गराएको हो ।

बर्षेनी अर्बौंको लगानी हुने म्यूजिक भिडियो क्षेत्रमा कार्यरत निर्देशकहरु संगठित भई यो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यबस्थित बनाउन ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन गरिएको अध्यक्ष विधान कार्कीले बताए । म्यूजिक भिडियो निर्देशकहरुको हक(हितका लागि कार्य गर्ने बताउँदै अध्यक्ष कार्कीले भने- ‘पछिल्लो समय वर्षेनी म्यूजिक भिडियोमा अर्बौंको लगानी भइरहेको छ । महामारीको समयमा त चलचित्र क्षेत्रलाई समेत म्यूजिक भिडियोले बचाइरहेको अवस्था छ । यसैले गर्दा म्यूजिक भिडियोलाई थप व्यवस्थित गर्न र निर्देशकहरुको अधिकारका लागि लड्न समाज गठन गरेका हौं ।’

अध्यक्ष कार्कीले निर्देशक समाजलाई सबै म्यूजिक भिडियो निर्देशकहरुको साझा संस्था बनाउन प्रयास गरिने बताए । उनले अगाडि भने( ‘म्यूजिक भिडियोका सबै निर्देशकहरुलाई समाजमा गोलबद्द गर्न प्रयास गर्नेछौं । म्यूजिक भिडियो निर्देशकका समस्यालाई समाधान गर्न समाज सधैं अग्रसर रहनेछ ।’ उनले चाँडै म्यूजिक भिडियोका पहिलो निर्देशक शम्भुजीत बाँस्कोटा र पहिलो मोडल भुवन केसीलाई सम्मान गरिने पनि बताए ।

त्यस्तै, कार्यक्रममा समाजका महासचिव सुब्रतराज आचार्यले म्यूजिक भिडियोलाई चलचित्र झैँ दर्ता प्रक्रियामा लैजानु पर्नेमा जोड दिए । उनले भने( ‘म्यूजिक भिडियो पनि चलचित्रकै एउटा पाटो हो । पछिल्लो समय चलचित्रमा झैँ म्यूजिक भिडियोमा पनि कथा वाचन शैलीलाई प्राथमिकता दिन थालिएको छ । यसैले चलचित्र विकास वोर्डले म्यूजिक भिडियोलाई पनि व्यवस्थित गर्न दर्ता प्रक्रिया सुरु गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएका चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीको समयमा मनोरंजन क्षेत्रलाई बचाउन म्यूजिक भिडियोको ठूलो योगदान रहेको बताए । उनले नवगठित निर्देशक समाजका पदाधिकारीलाई पेशागत हकहित र पेशागत मर्यादालाई स्थापित गर्न आग्रह गरे । म्यूजिक भिडियो निर्देशक समाजसँग सहकार्य गरेर नीतिगत रुपमा नै अगाडि बढ्न वोर्ड तयार रहेको पनि उनले बताए ।

नवगठित नेपाल म्यूजिक भिडियो निर्देशक समाजका संस्थापन कार्य समितिलाई बधाई तथा शुभकामना दिन कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, निर्देशक समाजकै महासचिव जनकदीप पराजुली, चलचित्र नृत्यकार संघका कार्यकारी अध्यक्ष जनक कार्की लगायतको उपस्थिति रहेको थियो । उनीहरुले संस्थालाई क्रियाशिल बनाइ निर्देशकको हकहितमा लाग्न आग्रह गरे ।

नेपालका स्थापित म्यूजिक भिडियो निर्देशकहरुले स्थापना गरेको यो संस्था पहिलो र ऐतिहासिक भएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । समाजमा १५ जनाको संस्थापन कमिटी रहेको छ । जसमा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुब्रत राज आचार्य, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह(कोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरु शान थापा, समन अधिकारी, गम्भीर बिष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई रहेका छन् । समाजको सल्लाहकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदिप पराजुली नियुक्त भएका छन् भने प्रेस सल्लाहकार जिवन पराजुली नियुक्त भएका छन् । कार्यक्रममा समाजका पदाधिकारीहरु तथा सल्लाहकार सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।