‘द मम्–व्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">आमा भइसकेका नारी र महिलाहरुको क्षमताको विकास गर्न मोडल सङ्स नेपालले ‘द मम् –व्युटी कन्टेस्ट’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि आयोजकले आवेदनसमेत खुला गरेको छ । मोडल सङ्सले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्थासहित भाद्र १८ गते शुक्रबारदेखी प्रतियोगिताको आवेदन खुला गरेको हो ।</p><p style="text-align: justify; ">प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरुले अनलाइनमार्फत वा मोडल सङ्सको कार्यालय कामपा–२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । ‘इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’, उनले भने । सहभागीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तालिम प्रशिक्षण दिनेछन् ।&nbsp;</p>