बेलायतकी ज्योतिलाई छायाछबी तिज अवार्ड

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

पछिल्लो समय गीतसंगीत मार्फत पिडा, बेदना र दुख पोख्ने सशक्त माध्यम बनेको छ तिजको गीत । देशमा हुनेहरू त माइती जालान ,तर परदेशमा हुनेहरूको हकमा माइती त्यति सहज र सरल छैन । परदेशमा रहेका चेलीहरूको यस्तै पिडा, दुख र बेदनालाई गीत मार्फत पेखेकी छन बेलायत निबासी ज्योति गुरूगंले ।

तिजैको दर पकाउंदी हौं आमाले

खाईदिने कोही छैन घरमा बरि लै‘

अभागी  छोरी परदेशैमा रूंदै छु

के लेख्या रै छ कर्म बरि लौ‘।।।

सांच्चि नै ज्योतिले तयार पारेको यी शब्दहरू मार्मिक र मन छुने छन । प्रबासमा रहेका नेपाली चेलीहरूको प्रतिनिधित्व गरेको  ‘ परदेशी छोरी’ ले यसै साता काठमाण्डौमा सम्पन्न छायांछबि तिज म्यूज़िक अवार्डमा उत्कृष्ट तीज गीत शब्दको अवार्ड जितेको छ ।

यो अवार्डसंगै गीत संगीतमा लाग्न झनै प्रेरणा मिलेको कुरा ज्योतिले बताइन्(‘ परदेशको बसाईमा नेपाली संस्कृति र चाडबाड ज्यादै मिस हुन्छ । मातृभूमिको सम्झना र आफ्ना भोगाईहरूलाई गीतको शब्दमा उतारेको हुँ । सबैको माया र साथले गर्दा अवार्ड पनि जातियो । यो गीतमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ र हात दिनु हुने सबैमा हार्दिक आभार प्रकट गर्दछु (‘ बेलायतबाट ज्योतिले भनिन् ।

ज्योतिले लेखेको यो तेस्रो गीत हो । यस अघि यो कस्तो माया र मुटुको टुक्रा गीत बजारमा ल्याएकी ज्योति गीत तयार पर्दा निकै ध्यान दिएर र भाबनामा बग़ेर तयार पार्छिन भन्ने कुरा उनका गितहरूबाट थाहा हुन्छ । गीत संगीतमा लाग्न लोक गीत सर्जक रमेश बिजी र राजु केसीलाई प्रेरणाको स्रोत मान्छिन ज्योति ।

ज्योतिको परदेशी छोरीलाई सुनिता दुलालले स्वर दिएकी छिन । सुनिताले पनि ज्योतिको शब्द अनुसार नै भाबनामा डुबेर गित गाएकी छिन । यो गीतको भिडियो बेलायतमा नै कुशल श्रेष्ठले तयार पारेका हुन । सुरज लामिछानेको संगीत रहेको यो गीतको भिडियोलाई सरू रानाको नृत्य निर्देशन रहेको छ ।