अरुणा लामाको हाँसी हाँसी जलिरहे गीत अब कविताको स्वरमा, भिडियोमा यमुको कथा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

स्व. गायिका अरुणा लामाको 'हाँसी हाँसी जलिरहे' बोलको गीतलाई पुनः स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । गायिका लामाको जन्मदिन पारेर भिडियो सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा गायिका कविता श्रेष्ठको स्वर रहेको छ । न्यायपुर्ण तरिकाले कविताले स्वरबद्ध गरेको गीतमा कुन्दन राज सुब्बाको संगीत रहेको छ भने नरेन्द्र राज प्रसाईको शब्द रहेको छ । गीतमा एरेन्ज भने बिशाल निरौलाले गर्नुभएको छ ।

गीतको निर्मात्री यमु शर्मा सुब्बा रहनुभएको छ । यस्तै भिडियोमा कथा पनि यमुकै रहेको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष समेत रहनुभएकी यमु नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखी सक्रिए हुनुहुन्छ । उहाँले लेखेका थुप्रै गीत सार्वजनिक छन् । अहिले सार्वजनिक गीतको भिडियोमा पनि यमुको अभिनय रहेको छ । यस्तै लोकप्रिय नायिका शिल्पा पोखरेलले जिवन्त अभिनय गर्नुभएको छ भने उहाँलाई आयुष क्षेत्रीले साथ दिनुभएको छ । यस्तै भिडियोमा गायिका कविताले पनि अभिनय गर्नुभएको छ । आयुष क्षेत्रीकै निर्देशन रहेको भिडियोमा अबिनाश डिसी र किरण गिरीले सम्पादन गर्नुभएको छ ।