भिडियोको बौद्धिक सम्पत्तिको संरक्षण गर्दै म्यूजिक भिडियो निर्देशक समाज

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका बिभिन्न श्रृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी अगाडी बढाउने निर्णय गरेको छ । भदौ ३१ गते समाजको केन्द्रिय कार्यालय मालिगाउँ, काठमाण्डौमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिलिपि अधिकारको सुरक्षाको लागि समाजले कार्यबिधि बनाएर सम्वन्धित पक्षहरुसंग सहकार्य गरि अघि बढ्ने गरि निर्णय भएको समाजका महासचिव सुव्रत राज आचार्यले बताए । ‘विश्वभरी सार्वजनिक स्थानहरु जस्तैः क्याफे—रेष्टुराँ, बार तथा क्लवहरु, सार्वजनिक यातायात, एअरपोर्ट, बसपार्क, सार्वजनिक कन्सर्ट(कार्यक्रमहरु, हवाईजहाज लगायतमा नेपाली म्यूजिक भिडियोहरु प्रदर्शनी हुन्छ भने त्यसबापत सर्जकहरुले प्राप्त गर्नुपर्ने बौद्धिक सम्पत्ति अन्तर्गतको अधिकार पाइरहेको अवस्था छैन । त्यसकारण म्यूजिक भिडियो निर्देशक समाजको अगुवाईमा नेपालका सम्पूर्ण भिडियो निर्देशक, कोरियोग्राफर तथा छायांकारहरुको बौद्धिक सम्पत्ति रक्षार्थ यो निर्णय गरिएको हो’, आचार्यले बताए । साथै यो कामबाट म्युजिक भिडियोका सर्जकहरुको अधिकार सुनिश्चित भई आर्थिक लाभ प्राप्त हुने र यो निर्णय ऐतिहासिक हुने महासचिव आचार्यको दाबी छ ।

त्यस्तै, बैठकले म्यूजिक भिडियोलाई राज्य मातहत ल्याउनको लागि आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको छ । ‘हालको अवस्थामा म्यूजिक भिडियोहरु राज्यको मातहतमा नरहेकोले म्यूजिक भिडियोलाइ पनि चलचित्र निर्माणको एक पाटोमा राख्नु पर्ने आवश्यकता रहेको छ । त्यसकारण म्यूजिक भिडियोलाई पनि राज्यको सम्वन्धित निकाय मातहतमा ल्याउनको लागि आवश्यक प्रकृया तत्काल सुरु गर्ने निर्णय पनि गरेका हौँ’, समाजका अध्यक्ष बिधान कार्कीले बताए ।