‘सरिताको दिदी’मा एसराज र प्रनिमाको ठुम्का

आर्टिष्ट खबर/ असोज, काठमाडौं

कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ओकिलीुका गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सरिताको दिदी‘ शीर्षकको गीत सार्वजनिक गरेका छन्।

गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।

राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी,शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

३ दशक देखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको मेरी ओकिली, गुलाबी जाडो, झ्यालबाट हेरी लगायतका चर्चित गीतहरू रहेका छन् ।

गीतको निर्माण टिमले यस गीतमा टिकटक बनाउने मध्ये बढी लाइक आउनेहरु २५ जनालाई १ हजारको रिचार्ज उपलब्ध गराउने जनाएको छ । अहिले टिकटकमा यो गीत छाउन थालेको छ ।

भिडियो